अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

गूर्जामा हिमपातले टेलिफोन र ईन्टरनेट सेवा अबरुद्ध

On: December 29, 2021 7:44 PM
Follow Us:
---Advertisement---

हिमपातका कारण म्याग्दीको धवलागिरी गाउँपालिका–१, गूर्जामा टेलिफोन तथा इन्टरनेट सेवा अबरुद्ध बनेको छ । मंगलबार रातिदेखि लगातार परेको हिमपातका कारण नेपाल टेलिकमको टेलिफोन तथा ईन्टरनेट सेवा अबरुद्ध बनेको वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । ‘हिमपातले गाउँ सञ्चारबिहिन भएको छ,‘मौसम सफा भएपछि मर्मतकार्य हुन्छ’ अध्यक्ष छन्त्यालले भन्नुभयो ।

समुन्द्री सतह देखी ३ हजार २ सय २० मिटर उचाइमा अवस्थित जिल्लाको अति विकट मानिने गूर्जा गाउँ तथा आसपासका क्षेत्र भारी हिमपात भएको छ । गूर्जा गाउँ आसपासमा आवतजावत गर्ने पदैलमार्गमा समेत छपक्कै हिमपात छोपेका कारण गाउँको जनजीवन कष्टकर बनेको छ ।

चिसो र हिमपातले बालबालिका, बृद्धबृद्धालाई जोखिम मुस्किल भएको छ । गाउँपालिकाको वडा नं १ गूर्जा र वडा नं ३ लुलाङको सिमाना पर्ने देउराली आसपासमा समेत हिमपात भएपछि आवतजावत समेत रोकिएको छ । गूर्जामा लगातार हिमपात भए करिव चार फिटसम्म हिउँ जम्ने गरेको छ

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।