नेकपा एमाले मंगला गाउँपालिकाले टोल-टोलमा कमिटि गठन कार्यलाई तिव्रता दिएको छ । नेकपा एमालेको पार्टी संगठन बिस्तार एवं सुदृढिकरण अभियान अन्तरगत मंगला गाउँ कमिटीले वडाका प्रत्येक टोलमा कमिटि गठन तथा नयाँ प्रवेशलाई प्राथमिकता दिएको छ ।

५ वडा रहेको गाउँपालिका भित्रका प्रत्येक टोलमा पुगेर संगठन विस्तार लगायतका पार्टीगत गतिविधिमा केन्द्रित भएको गाउँ कमिटीका सचिब चिरञ्जीवि शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म सातबिसे, सल्यान, थाईबाङ, भर्जुला, खात्रुङखोला, पौयूपाटा, खानीगाउँ र कुकुरबिसौनामा टोल कमिटी गठन गरिएको छ ।

टोल कमिटीमा स्थानीयस्तरमा सक्रिय यूवाहरुलाई प्राथमिकता दिएको गाउँपालिका अध्यक्षा एवम् मंगला गाउँ कमिटीका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । उहाँले अन्य पार्टीसँग प्रतिस्पर्धाभन्दा पनि पार्टीको कार्ययोजना अन्तरगत नियमित गतिविधिमा टोलटोलमा पुगेर संगठन बिस्तार र पार्टीका कार्यकर्ताहरुसँग भेटघाट कार्यक्रम रहेको बताउनुभयो ।

पालिका कमिटिले अभियानलाई तिव्रताका साथ संचालन गरि पौष महिना भित्रमा सवै टोलमा कमिटि गठन गर्ने योजना रहेको छ । नेकपा एमालेलाई मंगलामा पहिलो शक्ति कायम राख्नका लागि संगठन विस्तार कार्यलाई प्राथमिकताका साथ अगाडि बढाईएको जनाएको छ । नेकपा एमालेसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रले समेत पार्टीका अभियानलाई तिब्रता दिएका छन् ।

Leave a Reply