म्याग्दीको धवलागिरी गाउँपालिका-१ गुर्जामा हिउँमा पुरिएर बिहीबार एकजना बेपत्ता भएका छन् । गुर्जाको सुकेलट्टेमा हिउँपातका कारण गोठ भत्किँदा ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता भएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए ।

बस्तीदेखि टाढाको गोठमा बस्दै आएका जगदेवी छन्त्याल, बुद्धि छन्त्याल र लालबहादुर विक हिउँमा फसेर अलपत्र भएका छन् । समुन्द्री सतह देखी ३ हजार २ सय २० मिटर उचाइमा अवस्थित जिल्लाको अति विकट मानिने गूर्जा गाउँ तथा आसपासका क्षेत्र भारी हिमपात भएको छ । गूर्जा गाउँ आसपासमा आवतजावत गर्ने पदैलमार्गमा समेत छपक्कै हिमपात छोपेका कारण गाउँको जनजीवन कष्टकर बनेको छ ।

Leave a Reply