म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ राम्चेको काफलडाँडामा पुनमगरहरूको कुल देवता करबाकेली मन्दिर आसपासमा छपक्कै हिउँले छोपेको छ । समुन्द्री सहतदेखि २ हजार २ सय मिटरको उचाईमा अवस्थित मन्दिर आसपासका क्षेत्रमा बाख्लो हिमपात भएपछि आसपासका क्षेत्रबाट रमाउन पुगेका छन् । बुधाबर परेको बाख्लो हिउँले मुख्य मन्दिर आसपासको क्षेत्र सेताम्मे भएको छ । मन्दिर आसपासबाट धौलागिरी, निलगिरी, माछापुच्छ्रे, अन्नपूर्ण, टुकुचे लगायत १० वटा हिमश्रृङखला देखिन्छ भने मगर समुदायको धार्मीक आस्थाको केन्द्र तथा पर्यटकीय हिसावले महत्वपुर्ण रहेको छ । स्थानीय प्रबिधी र सिपको प्रयोगबाट निर्माण गरिएको मन्दिरमा बहुमूल्य धातुका जलप लगाइएको मगर समुदायका देवीदेवता करबाकेली, बिमला, फिमला, रामचन र कुलचनका मुर्ती राखिएकाले मगर समुदाय बाहेक पनि आन्तरिक तथा बाह्य पर्यटक मन्दिर आसपासका क्षेत्रमा पुग्ने गरेका छन् ।

Leave a Reply