अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

हिउँको कार्पेटमा हिस्तान (फोटो\भिडियो)

On: December 30, 2021 8:49 PM
Follow Us:

यो सिजनको पहिलोपटक बुधबार हिमपात भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं७ हिस्तानको चन्द्रागिरी (पन्चिवल डाँडा)मा भुईमा रहेको हिउँ चाँदी जस्तै टल्किएको छ । आसपासमा पुगेका स्थानीयहरु हिउँमा रमाइरहेका थिए। घमाइलो मौसममा चाँदी जस्तै टल्केको दृष्यले त्यहाँ पुग्ने पर्यटकलाई समेत आर्कषित बनाएको छ ।

हिउँको कार्पेट जस्तै बनेका चन्द्रागिरीमा स्थानीयले दिनभरी हिउँसँगै खेलेर रमाइलो गरेका थिए । हिस्तान आसपासका क्षेत्रका डाँडापाखा समेत हिमालजस्तै सेताम्मे छन् भने स्थानीयले सिजनकै पहिलो हिमपातमा रमाइलो गरेका छन् । भिडियो तथा तस्वीर सौजन्य निरोज निर्दोष