नेपाली कांग्रेसका नेता एवम् म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कृष्णप्रसाद बरुवाललाई पितृ शोक परेको छ। वडा अध्यक्ष बरुवालका ८९ बर्षिया पिता शिवप्रसाद बरुवालको राति १ः१५ बजेको समयमा निधन भएको हो।

पोखराको मणिपाल अस्पतालमा उपचारको क्रममा निधन भएपछि बिहिबार दिउँसो कालिगण्डकी नदीको घाटमा हिन्दु संस्कार अनुसार दाहसंस्कार गरिएको छ। स्वर्गीय शिबप्रसादको पार्थिव शरीरमा नेपलाी कांग्रेस म्याग्दीको झण्डा ओडाइए अन्तिम श्रद्धान्जली दिइएको थियो । बरुवालका चार छोरा र एक छोरी हुनुहुन्छ ।

Leave a Reply