एक जना बेपत्ता हुने गरी धवलागिरी गाउँपालिका-१ गुर्जामा गएको हिमपहिरो प्रभावित क्षेत्रमा पुगेर नेपाली सेनाको टोली खाद्यान्न सहितको साम्रागी छोडेर फर्किएको छ । गुर्जाको सुकेलट्टेमा हिउँपहिरामा पुरिएर ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता भएपछि हिउँमा फसेकाहरुलाई उद्धारका लागि टोली गएको थियो।

बस्तीदेखि टाढाको गोठमा बस्दै आएका जगदेवी छन्त्याल, बुद्धी छन्त्याल र लालबहादुर बिक हिउँमा फसेर अलपत्र परेका थिए। काठमाडौँबाट हेलिकप्टरमा सेनाको टोली गुर्जाको मानिस बेपत्ता र अलपत्र परेको ठाउँमा पुगेर फर्किएको र अब स्थलगत रुपमै गाउँबाट गएर थप जानकारी लिने तयारी भइरहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले बताउनुभयो ।

अलपत्र परेका तीन जनालाई खाद्यान्न र बेपत्ताको खोजीका लागि गुर्जाका चार जनालाई सुकेलट्टे पु¥याएर सेनाको टोली हेलिकप्टरमा फर्किएको थियो । भेठी गोठबाट तत्कालिनै फर्किने अवस्था नभएकाले फसेकालाई सोही क्षेत्रमा सुरक्षित तरिकाले राखिएको छ । उद्धार गरिएको अहिले अवस्था सुरक्षित छ भने उनीहरुलाई गोठसँगै बस्तीतर्फ ल्याउन आवश्यक पहल भएको छ । करिब चार÷पाँच फिट तल पुरिएका रामबहादुरको हिउँ पग्लेपछि खोजी गर्ने त्यहाँ पुगेका स्थानीयको भनाई छ ।

गोठ भएको ठाउँमा रातिको समयमा हिउँपहिरो आएरको बताइएपनि सञ्चारबिच्छेद भएकाले हालसम्म बास्तविकता पहिचान हुन सकेको छैन् । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने गुर्जा जोड्ने पदमार्ग, विद्युत् र मोबाइल सेवा पनि अवरुद्ध भएको छ। छिमेकी लुलाङबाट गुर्जा पुग्न पुरै एक दिन हिँड्नुपर्छ। पैदल हिँडेर घटनास्थल पुग्न नसकिने भएपछि उद्दार र बेपत्ताको खोजीमा सेनाको हेलिकप्टर बोलाइएको थियो ।

Leave a Reply