म्याग्दीको बेनी नगरपालिका-५ डडुवामा रहेको ज्योति आधारभुत विद्यालयमा खुकुरी देखाएर उच्छृंखल गतिविधि गर्ने यूवालाई विभिन्न राजनीतिक दलसँग आवद्ध शिक्षक पेशागत संगठनले कडा कारवाहीको माग गरेका छन् ।

शुक्रबार विद्यालय समयभित्र प्रधानाध्यापक मिनबहादुर खत्रीमाथि आक्रमणको प्रयास स्वरुप कार्यकक्षमा तोडफोड गर्ने ३५ बर्षिय सुवास कार्कीलाई नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ, एकिकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन कारवाहीको माग गरेका हुन् ।

संगठन सहित जिल्लाभित्र रहेका विभिन्न सामुदायिक विद्यालयले प्रेस विज्ञप्तीमार्फत खुलेआम हतियार सहित विद्यालयमा प्रवेश गरी भएको गतिविधिले शिक्षक र शिक्षण संस्था नै असुरक्षित भएको भन्दै कानुन अनुसार कडा कारवाहीको माग गरेका छन् ।

शुक्रबार दिउँसो करिब ११ बजेर ५५ मिनेट जाँदा विद्यालयमा प्रवेश गरी यूवा कार्कीले प्रअ खत्रीमाथि विभिन्न लान्छना लगाउँदै आक्रमणको प्रयास स्वरुप फर्निचरमा खुकुरी प्रहार गरेका थिए । अराजक गतिविधिमा संलग्न आरोपी कार्कीलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिई आवश्यक कारवाही अगाडी बढाएको प्रहरी नायव उपरीक्षक श्याकुमार राईले बताए ।

‘‘पीडितको उजुरीका आधारमा कारवाही हुन्छ,‘घटनामा संलग्नमाथि अनुसन्धान भइरहेको छ’ प्रनाउ राईले भने ।

 

Leave a Reply