होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ म्याग्दीको शनिबार बेनीमा सम्पन्न दशौ साधारणसभा तथा पाँचौ अधिबेशनबाट ताराप्रसाद आचार्य .(बाबुराम)को अध्यक्षतामा कार्यसमिति चयन भएको छ ।

आचार्य यसअघिको कार्यसमितिको पनि अध्यक्ष हुनुहुन्थ्यो । सर्बसम्मत चयन भएको संघको उपाध्यक्षमा निलप्रसाद थापा (सरोज), सचिबमा सागर बरुवाल, कोषाध्यक्षमा राजन लामा, सहसचिबमा अमृत सापकोटा र सहकोषाध्यक्षमा ललिन्द्र थापामगर चयन रहनुभएको छ ।

सदस्यहरुमा कुमार केसी, मना तुलाचन, रुपदेबी घर्तिमगर, इश्वर भण्डारी, बालकृष्ण जुग्जाली, नौमति पुर्जा र तेजकुमारी पुन रहनुभएको छ । निर्बाचन समितिका संयोजक ठहरबहादुर भण्डारीले निर्बाचित पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र बितरण गर्नुभएको थियो ।

Leave a Reply