समाजवादी प्रेस संगठन म्याग्दीको अध्यक्षमा लोकनाथ भुसाल “घायलश्री” निर्वाचित हुनु भएको हो । शनिबार म्याग्दीमा भएको वृहत् भेलाले भुसाललाई अध्यक्षमा निर्वाचित गरेको हो ।

संगठनको उपाध्यक्षमा चन्द्रबहादुर लामिछाने, सचिवमा सुपना विश्वकर्मा, सह सचिवमा सुनिल दामल, कोषाध्यक्षमा विमला परियार र सदस्यहरुमा क्रमशः नविना बानियाँ, मनिषा किसान, प्रदिप खत्री, मन्जु परियार, सुजन रत्न चयन भएका छन् । त्यसैगरी संगठनको सल्लाहकार सदस्यमा डा. होमनाथ बरुवाल र हेमराज सुवेदी चयन हुनुभएको संगठनकी सचिव सुपना विश्वकर्माले बताउनुभयो ।
जिल्ला समन्वय समिति म्याग्दीको सभाहलमा भएको एकीकृत समाजवादीको वृहत् भेलाले आज आफूनिकट पाँच भातृ संगठन गठन गर्ने क्रममा समाजवादी प्रेस संगठन गठन गरेको हो ।

Leave a Reply