जन्मदिन मनाउने आ–आफ्नै शैली हुन्छन्। कतिपयले आफ्नै तौर तरिकाअनुसार आफ्नो जन्मदिन मनाउने गरेको पाइन्छ। कोहीले मठ मन्दिरमा पुगेर पनि जन्मदिन मनाउँदै आएका छन्। जन्मदिन मनाउने नाउँमा धेरै खर्च गर्ने गरिएको पनि छ। तर, पछिल्लो समय भने जन्मदिन मनाउने तरिका सामाजिक सेवाको भावनातर्फ मोडिएको छ ।यसैक्रममा जिल्लाको बेनी नगरपालिका–९ घतानका चक्रबहादुर केसीले आफ्नो जन्मदिनको अवसरमा गाउँको घातान स्वास्थ्य चौकीमा स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ । नेपाली काँग्रेस प्रदेश निर्वाचन क्षेत्र ‘क’ का सचिव समेत रहनुभएका केसीले घतानको स्वास्थ्य चौकीमा १५ हजार बढीको १ वटा ह्विल चियर, १ वटा रवर सिट लगायतका अत्यावश्यक स्वास्थ्य सामाग्री सहयोग गनुुभएको हो ।

जन्मदिनको नाममा अनावश्यक क्षेत्रमा फजुल खर्च गर्नुभन्दा पनि स्वास्थय चौकीमा उपचारका लागि आउने विरामीलाई केही भएपनि सहज होस भन्ने उद्देश्यले सहयोग गरेको केसीले बताउनुभयो ।‘सामाजिक कार्यमा सधैजसो जोडिने गरेको छ तरपनि जन्मदिनमा हरेक बर्ष सहयोग गर्न मन लाग्छ’ आगामी दिनमा पनि सामाजिक क्षेत्रमा सहयोगका हातहरु फैलाउने र समस्यामा परेकालाई निरन्तर सहयोग गर्ने उहाँले बताउनुभयो । हरेक बर्ष आफ्नो जन्मदिनको अवसरमा विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आउनुभएका केसीले यस अघि पनि विभिन्न स्थानमा सहयोग गर्नुभएको छ ।

Leave a Reply