म्याग्दीको बेनी नगरपालिका-७ मंगलाघाटमा निर्माणधिन घरबाट खसेर एक जनाको मृत्यु भएको छ । निर्माणधिन अबस्थामा रहेको तिन तला माथिबाट खसेर जिल्लाको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका अन्दाजी ३३ बर्षका कृष्ण पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । घाइते पुनका उपचारका लागि बेनी अस्पताल पुराएपछि चिकित्सकले मृत घोषण गरेको प्रहरी नायव उपरिक्षक श्यामकुमार राइले जानकारी दिनुभयो ।

घरमा काम गरिरहेको अवस्थामा एक्कासी तल खसेको प्रनाउ राईको भनाई छ । निर्माणधिन अवस्थामा रहेका घरको ठेकेदार जंगबहादुर खत्रीले घरको जिम्मा लिएका थिए । म्याग्दीमा निर्माणधिन अवस्थामा रहेको घर तथा विकास निर्माणमा कार्यरत मजदुरले न्यूनतम सुरक्षामा समेत ख्याल नगर्दा बर्षेनी ज्यान गुमाउनुपरेको छ । हत्केलामा ज्यान राखेर निर्माणकार्यमा खटिने मजदुरले समेत आफ्नो सुरक्षामा ध्यान दिने गरेका छैनन् ।

 

Leave a Reply