म्याग्दी बहुमुखी क्याम्पस संञ्चालक समितिको अध्यक्षमा सोमनाथ ढुङ्गाना निर्विरोध चयन हुनुभएको छ । क्याम्पसको २० औं क्याम्पस सभा तथा ११ औं अधिवेशनबाट उपाध्यक्ष दीपेन्द्र श्रेष्ठ, कोषाध्यक्ष राजकुमार थापा रहनुभएको छ । त्यसैगरी सदस्यहरु शेर बहादुर केसी,कृष्ण बहादुर थापा,क्या.मीन बहादुर कार्की,अजय मिलन श्रेष्ठ, ज्ञानेन्द्र बहादुर श्रेष्ठ,प्रेमबहादुर कार्की,किरण सापकोटा, सन्तोष रावल र देउप्रसाद छन्त्याल चयन गरिएको छ ।

दलिय असहमतिका कारण आइतबार स्थगित भएको क्याम्पस सभा सोमबार साँझ टुङ्गो लागेको थियो । संञ्चालक समितिमा एमाले र काँग्रेसबाट चार–चार जना, माओवादी केन्द्रबाट तीन जना र नेकपा एसबाट एक जना गरी १२ जना सदस्यहरुको नाम टुङ्गो लगाएका हुन । नवनिर्वाचित अध्यक्ष ढुंगानाले क्याम्पसलाई शैक्षिक गन्तब्यको उचाईमा पुर्याउने बताउनुभयो । उहाँले क्याम्पसलाई गण्डकी प्रदेश भित्रको सामुदायिक क्याम्पसमा नमुना तथा शैक्षिक हब बनाउन जिल्लाका सबै सरोकारवाला निकायको साथ र सहयोग लिएर अगाडी बढ्ने बताउनुभयो ।

म्याग्दी जिल्लामा बि.श २०४८ मा स्थापना भएको म्याग्दी बहुखुमी क्याम्पस जिल्लाको शैक्षिक धरोहर हो । तत्कालिन समयमा जिल्लामा क्याम्पसको आवश्यकतालाई मध्यनजर गरी शिक्षाप्रेमीबाट करोडौं चन्दा संकलन गरी क्याम्पसको स्थापना गरिएको थियो । प्लस टु, स्नातक तहमा ब्यवस्थापन, शिक्षा र मानविकी संकाय र ब्यवस्थापन संकायमा स्नातकोत्तर तहको पठनपाठन समेत भइरहेको छ क्याम्पसमा ११ सयभन्दा बढी विद्यार्थी अध्ययरत छन् । विश्व विद्यालय अनुदान आयोगबाट(क्युएए) को प्रमाणपत्र प्राप्त गरेपछि क्याम्पसका विद्यार्थीको चाप बढेको छ।

Leave a Reply