म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पुनहिलमा घारमा पर्ने म्याग्दीको प्रमुख पर्यटकीय गन्तव्य घोरेपानी र पुनहिलको हिमपातपछिको दृष्य । समुन्द्री सतहदेखि २ हजार ८७४ मिटरको उचाइमा घोरेपानी पर्दछ । घोरेपानीको शिरमा तीन हजार २१० मिटरको उचाइमा पुनहिल पर्छ । म्याग्दी सदरमुकाम बेनीबाट सवारीसाधन मार्फत अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर–घार–शिख–चित्रे हुँदै घोरेपानी पुगिन्छ । त्यस्तै कास्कीको नयाँपुल, घान्द्रुक भएर पनि घोरेपानी र पुनहिलमापुगेर रमाउन सकिन्छ ।

बेलुका घोरेपानीका होटलमा बास बसेर बिहान सबेरै पुनहिल पुगेर सुर्योदय, हिमालको दृश्य अवलोकन गर्न पाइन्छ । पुनहिलबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ«े, निलगिरी, गूर्जा, मानापाथी हिमाललगायत दर्जनभन्दा बढी हिमश्रृङ्खलाहरुको प्रत्यक्ष दृश्यवलोकन गर्न सकिन्छ । संसारको सबैभन्दा ठूलो गुराँसे जङ्गल यसै क्षेत्रमा पर्दछ । जहाँ २७ प्रकारका लालीगुराँसहरु पाइन्छन् । पर्यटकको रोजाइमा घोरेपानी पर्ने गर्दछ । तस्विर सौजन्य शिखर होटल घोरेपानी

Leave a Reply