म्याग्दी बहुमुखी क्याम्पसमा जिल्लामै पहिलोपटक स्नातक तहमा सेमेस्टर प्रणाली अन्तरगत प्राविधिक शिक्षाको अध्यापन हुने भएको छ ।  समय सुहाउँदो प्राविधिक शिक्षामा विद्यार्थीको आर्कषण देखिएपछि सूचना तथा सञ्चार प्रविधि शिक्षा (BICTE) को अध्यापनका लागि प्रवेश परीक्षाका लागि आवेदन आह्वान गरिसकेको छ ।

आगामी फागुन १ गते देखि कक्षाको औपचारिक शुभारम्भ गर्ने गरी यही पुस मसान्तसम्म विद्यार्थी भर्ना आवेदनको कार्यक्रम प्रकाशित गरिएको सहायक क्याम्पस प्रमुख श्रीधर सुबेदीले बताउनुभयो ।

उहाँका अनुसार कक्षा १२ मा न्यूनतम २।०१ ‘सि’ जिपिए प्राप्त गरी उत्र्तिणा भएका विद्यार्थीले उक्त विषयमा अध्ययन गर्न पाउने छन् । माघ १५ गते प्रवेश परीक्षा सञ्चालन गरी फागुन देखि नियमित कक्षा सञ्चालन गरिने छ । चार वर्षे शैक्षिक कार्यक्रममा विद्यार्थीलाई सैद्धान्तिक विषयसँगै प्रयोगात्मक अध्ययन अध्यापन गराइने क्याम्पसले जनाएको छ ।

‘प्राविधिक दक्ष जनशक्ति उत्पादनको लक्ष्यसहित अधिकांश पाठ्यक्रम अन्तर्राष्ट्रिय मापदण्डमा आधारित छ’ क्याम्पस प्रमुख गोरखबहादुर जिसीले भन्नुभयो । बीआइटीई उत्र्तिणा भएका विद्यार्थीलाई सरकारी तथा गैरसरकारी संस्थामा आईटी अधिकारी, विद्यालयमा आइटी शिक्षक,सफ्टवेयर डेभलपर सहित सूचना र सञ्चारको क्षेत्रमा कार्यरत जनशक्तीको क्षमता अभिबृद्धिमा समेत सघाउने जनाइएको छ ।

जिल्लाभित्र आवश्यक प्राविधिक जनशक्ती उत्पादनमा सघाउने भएकाले सबै स्थानीय तहलाई समेत जानकारी सहित भर्ना अभियानमा साथ दिन समेत अनुरोध गरिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुङ्गानाले बताउनुभयो । उहाँले क्याम्पसले भावी दिनमा जिल्लाको आवश्यकता तथा विद्यार्थीको रुचि, क्षमता र करिअरमा मेल खाने पाठ्यक्रम लागु गर्ने गरी योजना समेत बनाएको बताउनुभयो ।

विश्व विद्यालय अनुदान आयोगबाट (क्युएए) को प्रमाणपत्र प्राप्त क्याम्पसले यसअगाडी स्नातकोत्तर तहको व्यवस्थापन संकायमा समेस्टर तथा यसबर्ष देखि बिएडमा बार्षिक प्रणालीमा विज्ञान शिक्षाको कक्षा सञ्चालन गरिरहेको छ ।  २०४८ साल पुस १८ गते स्थापना भएको म्याग्दी बहुमुखी क्याम्पसमा हाल दश जोड दुई र स्नातक तहमा शिक्षा, मानविकी र व्यवस्थापन विषयमा पढाई हुँदै आइरहेको छ भने करिब १४ सय जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

 

 

Leave a Reply