मृगौला रोगबाट ग्रसित बेनी नगरपालिका-६, डम्बराका ३६ बर्षिय सुनिल किसानको उपचारमा आर्थिक समस्या भएको छ। गएको साउन महिनामा दुवै मृगौलामा खरावी भएपछि उपचारको खोजीमा रहेका किसानको नियमित डायलासिस सहित औषधी सेवनमा आर्थिक अभाव भएपछि परिवारले सहयोगको याचना गरेका छन् ।

बैदेशिक रोजगारको सिलसिलामा बहराइनबाट घर विदामा आउनुभएका किसानको उच्च रक्तचापका कारण मृगौलामा समस्या देखिएपछि पोखरा र काठमाण्डौको अस्पतालमा उपचारसँगै नियमित औषधी सेवन गरिरहनुभएको श्रीमति शान्ति किसानले जानकारी दिनुभयो ।

‘नियमित उपचारसँगै प्रत्यारोपणको प्रक्रियामा लाग्ने खर्चको अभाव छ,‘नियमित कमाईले छोराछोरीको शिक्षादीक्षामा पनि पुग्दैन’श्रीमति किसानले भन्नुभयो ।श्रीमानलाई मृगौला दिन आफ्नो समेत नियमित परीक्षण भइरहेको किसानको भनाई छ । उपचार, यातायात, आवास, औषधी लगाएत विभिन्न खर्च गरी करिव १३ लाख लाग्ने अनुमान गरिएको छ । थप जानकारीका लागि ९८०५२१६७८७

Leave a Reply