न्यु धौलागिरी बचत तथा ऋण सहकारी संस्था लि म्याग्दीले २२ औँ बार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट अध्यक्षमा अमृतलाल श्रेष्ठ चयन हुनुभएको छ । म्याग्दी र छिमेकी जिल्ला पर्वतमा सेवा केन्द्र समेत रहेको सहकारीको बेनीनगरपालिका–४,सिंगा तातोपानीमा सम्पन्न भएको बार्षिक साधारणसभाबाट उपाध्यक्षमा रामजीप्रसाद सुबेदी,सचिव चन्द्रकुमार केसी, कोषाध्यक्षमा बमबहादुर पुन रहनुभएको छ ।

कार्यसमितिको सदस्यहरूमा रविन्द्र कार्की‘रबी’,बिमला गौचन,अनिता कार्की, बिरेन्द्रमान शाक्य, कृष्णकुमार शेरचन, होमप्रसाद सुबेदी,हेमन्त थापा,भिम बिक्रम मल्ल, ठकराज बरुवाल र तुलप्रसाद श्रेष्ठ रहेको बरिष्ठ प्रबन्धक बसन्त श्रेष्ठले जानकारी दिनुभयो ।

साधारणसभाबाट गोविन्दप्रसाद पौडेलको संयोजकत्वमा टिकाराम शर्मा र मानसिंह सापकोटा सदस्य रहेको लेखा समिति समेत चयन गरेको छ । साधारणसभाले तातोपानी, बावियाचौर, दरबाङ, पोखरेबगर र छिमेकी पर्वतको जलजला गाउँपालिकामा रहेको सेवा केन्द्रका संयोजक तथा सदस्य समेत चयन गरेको छ । सहकारीका नवनिर्वाचि अध्यक्ष श्रेष्ठले निकट भविस्यमा छिमेकी जिल्ला बागलुङ र गण्डकी प्रदेशको राजधानी पोखरामा शाखा विस्तार गरी प्रदेशस्तरीय सहकारी बनाउने योजना रहेको बताउनुभयो ।

वित्तिय कारोबारसँगै सामाजिक एवम् मानवीय सेवामा समेत सक्रिय रहेको सहकारीले म्याग्दी क्याम्पसमा अध्ययनरत जेहन्दार विद्यार्थी सोमप्रसाद सापकोटालाई नगद १५ हजार ५ सय रुपैयाँ छात्रवृति सहकारीले हस्तान्तरण गरेको थियो । जिल्लाभित्र दृष्टिविहिन, बृद्धबृद्धा सहित जेहेन्द्र विद्यार्थीलाई उच्च माविसम्मको अध्ययनका लागि समेत सहकारीले सहयोग गर्ने गरेको छ ।

Leave a Reply