नेपाल कम्युनिष्ट पार्टी एमाले म्याग्दीको पौष २३ गते ( भोली ) देखि सुरु हुने नवौँ जिल्ला अधिवेशनमा ५१० जना प्रतिनिधि छनौट भएका छन । अधिवेशनको पुर्व सन्ध्यामा बिहिबार पार्टी कार्यालय हाँडेभिरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष हरिकृष्ण श्रेष्ठले जिल्ला भरबाट ५१० जना प्रतिनिधि छनौट गरिएको जानकारी दिनुभयो ।

प्रतिनिधिहरु भुगोलबाट ३५० जना, जिल्ला कमिटिबाट ५८ जना, सल्लाहकारबाट १०, पालिका कमिटिबाट १२, जनसंगठनबाट ३०, पेशागतबाट १०, र विभागबाट १२ गरि ४२८ जना छनौट भएका छन । त्यस्तै बिधान अनुसार सो संख्याको ५ प्रतिशत मनोनित गर्दा हुन आउने २८ जना मनोनित गरि ५१० जना प्रतिनिधिले अधिवेशनमा भाग लिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरि जिल्ला कमिटि ९० सदस्यीय हुने उहाँले बताउनुभयो । अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, र उपसचिव २ गरि पदाधिकारी ५, भूगोलबाट १२ महिला सहित ३१ जना, बेनी नगरपालिकाबाट ३ महिला सहित ८ जना, रघुगंगा, अन्नपूर्ण, मालिका र धौलागिरी गाउँपालिकाबाट २ महिला सहित ५ जना, मंगलाबाट १ महिला सहित ३ जना जिल्ला कमिटिमा निर्वाचित गरिने श्रेष्ठले बताउनुभयो ।

त्यस्तै दलितबाट २ महिला सहित ७ जना, मजदुरबाट १ महिला सहित २ जना, मुस्लिमबाट १ जना, अन्यबाट १ जना, जनजातीबाट ४ महिला सहित १३ जना, र खुल्लाबाट ९ महिला सहित २१ जना सदस्य निर्वाचित हुने ब्यबस्था रहेको छ ।

पत्रकार भेटघाट कार्यक्रममा नेतृत्व सर्वसहमति बाटै हुन्छ या चुनाव भन्ने प्रश्नमा अध्यक्ष श्रेष्ठले सकेसम्म सर्वसहमतिबाट नै नेतृत्व चयन हुने गरि छलफल अगाडि बढाइएको बताउनुभयो । अहिले पार्टी बिशेष अबस्थाबाट गुज्रिरहेकाले चुनाव भन्दा सर्वसहमतिकै बाटो रोजिने उहाँको भनाई थियो ।

Leave a Reply