नेकपा (एमाले) म्याग्दीको नवौं अधिवेशनको बालकृष्ण सुबेदीले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । भोली शुक्रबार देखि सदरमुकाम बेनीमा सुरु हुने अधिवेशनमा एमाले जिल्ला कमिटी सचिव समेत रहनुभएका सुबेदीले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

नेकपा एमालेका विभिन्न जिम्मेबारीमा रहेर काम गर्नुभएका सुबेदीले पार्टीलाई थप बलियो बनाउन आफुँले उम्मेदवारी दिएको बताउनुभयो । ‘पार्टीको अभियानलाई थप बलियो बनाउन मैले उम्मेदवारी दिने घोषणा गरेको छु,‘यसपटक मलाई नेतृत्वका लागि आवश्यक सहयोग हुने नै छ’ सुबेदीले भन्नुभयो ।

अध्यक्षमा सुबेदीसँगै उपाध्यक्ष एवम् जिसस प्रमुख देबेन्द्रबहादुर केसी लगायतको चर्चा छ ।सचिव सुबेदी बाहेक अन्य उम्मेदवारले अध्यक्षमा औपचारिक रुपमा घोषणा गर्नुभएको छैन् । त्यसैगरी सचिवमा प्रमोद श्रेष्ठ, सुरत केसी, राजकुमार थापाको चर्चा छ ।

पार्टीको अधिवेशनका बारेमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष हरिकुष्ण श्रेष्ठले विभिन्न पदका आकांक्षीले आन्तरिक रुपमा विभिन्न पदमा आफुँले उम्मेदवारी दिने तयारीका बारेमा सुनाएपनि सार्वजिनक नभएको बताउनुभयो।‘हामीले सहमतिबाटै नेतृत्व चयन गर्नेछौ,‘सहमति नभए लोकतान्त्रिक विधीलाई प्रयोग गछौं’ अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

अध्यक्ष श्रेष्ठका अनुसार खुल्लाबाट अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिसहित ५ जना खुल्ला पदाधिकारी सहित ९० सदस्यीय जिल्ला कमिटी चयन गर्ने छ । भुगोलबाट ३१ जना जिल्ला पदाधिकारीमा निर्वाचित हुन्छन् जसमध्ये १२ जनामहिला र खुल्लातर्फ १९ जना हुने छन् ।

भुगोल अन्तरगत बेनी नगरपालिकामा महिला ३, खुल्ला ५, गाउँपालिका अन्तरगत रघुगंगा, अन्नपुर्ण, मालिका र धवलागिरीबाट २÷२ जना महिला र खुल्ला ३ जनाका दरले र मंगलामा १ जना महिलासहित खुल्ला ३ जना जनागरी पदाधिकारीमा आउने सचिवालयले जानकारी दिएको छ ।

त्यस्तै दलिततर्फ २ महिलासहित ७ जना, मुस्लिमतर्फ १जना, अल्पसंख्यकतर्फ १ जनाा, जनजातीतर्फ ४ जना महिलासहित १३ जना, खुल्लातर्फ ३० जनासहित ९० जनाको पदाधिकारीमा कम्तीमा २८ जना महिलाको सहभागिता हुने सचिवालयले जानकारी दिएको छ।

निकट भविस्यमा स्थानीय सहित प्रदेश र संघीय निर्वाचनमा समेत उम्मेदवारीलाई बलियो बनाउने गरी पदाधिकारीमा इच्छुकले आन्तरिक तयारी सुरु गरिसकेका छन् । अधिवेशनमा पदाधिकारी सहित जिल्ला कार्यसमितिमा समेत नयाँ अनुहार भित्रिने सम्भावना देखिएको पार्टी निकट स्रोतको भनाई छ ।

सदरमुकाम बेनीस्थित जिल्ला समन्वय समितिको सभाहलमा हुने अधिवेशनको तयारी पुरा भएको र सहभागि हुने प्रतिनिधि टुंगिएको छ । ५१० जना प्रतिनिधि छनोट भएको जानकारी दिनुभयो । अधिवेशनमा भुगोलबाट ३५० जना प्रतिनिधि, जिल्ला कमिटीबाट ५८ जना, सल्लाकारबाट १० जना, ६ वटा पालिका कमिटीबाट १२ जना, जनवर्गिय संगठनबाट ३० जना, पेशागत संगठनबाट १० जनासहित ४९२ जना प्रतिनिधि चयन भएका छन् भने कुल संख्याको ५ प्रतिशत सचिवालयले थप गर्दा ५१० जना प्रतिनिधि टुंगिएको छ ।

 

Leave a Reply