बेनी–पाखापानी सडकको अर्थुङ्गे–घतान खण्डको स्तरोउन्नतीका लागि पुष २५ देखि माघ ४ गतेसम्म सवारी सञ्चालनमा पुर्ण रुपमा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बिहिबार प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी रानाको अध्यक्षतामा बसेको सुरक्षा अधिकारी, यातायात, निर्माण ब्यवसायी र पुर्बाधार बिकास कार्यालयका प्रमुखको बैठकले सडक बन्द गर्ने निर्णय गरेको हो ।

सडक बन्द भएपछि बैकल्पिक सडक प्रयोगका लागि सर्बसाधारणलाई अनुरोध गरिएको पुर्बाधार बिकास कार्यालयका प्रमुख सन्तोष अर्यालले जानकारी दिनुभयो ।

हाँडेभिरको साँघुरो ठाउँमा एक्साभेटर प्रयोग गरेर पहाड फुटाउदा सवारी साधन आवतजावत गर्दा दुर्घटनाको जोखिम र काम प्रभावित हुने भएकाले निर्माण ब्यवसायीले समय तालिका बनाउन प्रस्ताब गरेका थिए ।

बेनी–पाखापानी सडकको अर्थुङ्गे–नेप्टेचौर खण्डमा पनि ढलानका लागि सवारी बन्द गर्नुपरेको पूर्वाधार कार्यालयले जनाएको छ । सडक बन्द हुदाँ गलेश्वर काउँलेगौडा हुदै आवतजावत गर्न सार्वजनिक सूचना जारी गरिएको छ ।

Leave a Reply