नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले म्याग्दीको आज जिल्ला अधिवेशन हुँदै छ । जिल्ला समन्वय समितिको सभाहलमा दिउँसो औपचारिक रुपमा उद्घाटन हुने छ । अधिवेशनमा ५१० जना प्रतिनिधिको सहभागितामा सम्पन्न हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको बेनी नगर कमिटी अध्यक्ष नारायण जिसीले जानकारी दिनुभयो  अधिवेशनको उद्घाटन समारोहमा जिल्लाभरबाट पार्टीका प्रतिनिधि बाहेक नेता कार्यकर्ताको समेत उल्लेखनीय उपस्थिति हुने जनाइएको छ । बेनीबजार परिक्रममा पछि जिसस हलमा जम्मा हुने सहभागीहरुले शनिबारसम्म नेतृत्व चयन गर्नेछन् । अधिवेशनपछि जिल्ला कमिटि ९० सदस्यीय हुने छ ।

अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, र उपसचिव २ गरि पदाधिकारी ५, भूगोलबाट १२ महिला सहित ३१ जना, बेनी नगरपालिकाबाट ३ महिला सहित ८ जना, रघुगंगा, अन्नपूर्ण, मालिका र धौलागिरी गाउँपालिकाबाट २ महिला सहित ५ जना, मंगलाबाट १ महिला सहित ३ जना, दलितबाट २ महिला सहित ७ जना, मजदुरबाट १ महिला सहित २ जना, मुस्लिमबाट १ जना, अन्यबाट १ जना, जनजातीबाट ४ महिला सहित १३ जना, र खुल्लाबाट ९ महिला सहित २१ जना सदस्य निर्वाचित हुने ब्यबस्था रहेको नेकपा एमालेले जनाएको छ ।

प्रतिनिधिहरु भुगोलबाट ३५० जना, जिल्ला कमिटिबाट ५८ जना, सल्लाहकारबाट १०, पालिका कमिटिबाट १२, जनसंगठनबाट ३०, पेशागतबाट १०, र विभागबाट १२ गरि ४२८ जना छनौट भएका छन । त्यस्तै बिधान अनुसार सो संख्याको ५ प्रतिशत मनोनित गर्दा हुन आउने २८ जना मनोनित गरि ५१० जना प्रतिनिधिले अधिवेशनमा भाग लिने नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

अधिवेशन उद्घाटन भर्चुअल माध्यमबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालयबाट गर्नुहुने छ । जिल्ला कमिटीसम्बन्धी तीन बुँदे मापदण्ड ७७ वटै जिल्लामा ‘सर्कुलर’ गरेको छ । कमिटीसम्बन्धी मापदण्डअनुसार पदाधिकारी हुनका लागि दुई कार्यकाल जिल्ला कमिटीमा काम गरिसकेको वा एक कार्यकाल सचिवालयमा सदस्य भई काम गरिसकेको हुनुपर्नेछ ।

त्यस्तै, सदस्यका लागि जिल्ला कमिटी, जिल्ला विभाग वा एक तहमुनिको कमिटीमा कम्तीमा एक कार्यकाल पूरा गरेको हुनुपर्नेछ । त्यस्तै, एकता एकीकरणबाट पार्टीमा समाहित भएकाको हकमा भने विधानको धारा ६३ (११) अनुसार हुनेछ । नेकपा माओवादी केन्द्र परित्याग गरी आएका नेताहरुलाई समेत जिल्लामा सकेसम्म एक पदाधिकारी वा जिल्ला कमिटी सदस्यका लागि सहज भएको बताइएको छ ।

Leave a Reply