केही दिनयता चिसो ह्वात्तै बढेपछि हिमाली जिल्ल मुस्ताङमा घरबाट बाहिर निस्कन रोक लगाइएको छ ।जिल्ला प्रशासन कार्यालय, मुस्ताङले सो क्षेत्रका वासिन्दालाई घरबाट बाहिर ननिस्कन भनेको हो । मुस्ताङमा यो हप्तैभरि हिमपात हुने आकलन गर्दै प्रशासनले स्थानीयलाई बाहिर ननिस्कन सूचनासमेत जारी गरेको छ ।

‘यो हप्ताभरि हिमपात हुने सम्भावना भएकाले बालबालिका, वृद्धवृद्धा र दीर्घ रोगीहरु एक्लै घर बाहिर ननिस्किनुहोला,’ सूचनामा भनिएको छ, ‘घर परिवारसँगै न्यानो र सुरक्षित भएर विशेष सतर्कता साथ घरभित्रै बस्नुहोला ।  विशेष परिस्थितिले घर बाहिर निस्किनु परे परिवारलाई जानकारी दिनुहोला ।’पर्यटकलाई समेत विशेष सुरक्षा अपनाउन आग्रह गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले सूचनामार्फत् विशेष समस्या आइपरे प्रहरी र प्रशासनलाई जानकारी गराउन आग्रह गर्नुभएको छ ।

Leave a Reply