नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा खम्बीरले पार्टीको अबको लक्ष्य आगामी तीनै तहको निर्वाचन जित्ने रहेको बताउनुभएको छ । नेपाली कांग्रेसले जनताको घरदैलोमा पुगेर आफ्ना योजना सुनाउँदै संगठन विस्तारलाई प्राथमिकता दिएको बताउँदै सभापति गर्बुजाले टोल–टोलमा देखिएको उत्साहले म्याग्दीमा कांग्रेसले तीनै तहको निर्वाचन जित्न दाबी गर्नुभएको छ ।

शुक्रबार बेनी नगरपालिका वडा नं ४ स्वातमा भात्रृ संगठन नेपाल तरुण दल र राष्ट्रिय मगर संघ गठनको अवसरमा सम्बोधन गदैं सभापति गर्बुजाले तीनै तहको निर्वाचनमा पार्टीले जित्ने गरी हरेक वडाका टोलटोलमा पुगेर संगठन विस्तार सहित जनताको समस्या समाधान गर्न समेत नेता कार्यकर्तालाई अनुरोध गर्नुभएको छ ।

निर्वाचन जित्ने ढंगले संगठन निर्माणमा लाग्नुपर्नेमा जोड दिँदै उनले त्यसमा क्रियाशील सदस्यको अहम भूमिका रहने बताउनुभयो । यस अगाडीको सरकारको आलोचना तथा मुल्याङ्कन कांग्रेसले भन्दा बढी आम जनताबाटै भइरहेको बताउँदै दुई तिहाइको सरकार राज्य सञ्चालनमा असफल भएपछि अप्ठ्यारो अवस्थामा कांग्रेसको नेतृत्वमा संयुक्त सरकार बनेको बताउनुभयो।उहाँले जनतालाई कोरोनाको जोखिममा खोप वितरण सहित प्राकृतिक विपत्तीमा परेकालाई उद्धार तथा समयमै राहत वितरण, विकास निर्माणका योजनमा समेत बजेट विनियोजनमा प्राथमिकता दिएको बताउनुभयो ।

कार्यक्रममा कार्यक्रममा उपसभापति एवम् बेनी नगरका मेयर हरिकुमार श्रेष्ठ, उपसभापति केबी भण्डारी, पुर्बसह– सभापति नेत्र महत, प्रदेश क सभापति ओम छन्त्याल लगायतको उपस्थिती रहेको थियो । कांग्रेसका जिल्ला नेताहरुले अभियानको क्रममा समय दिनसक्ने, संगठन विस्तार गर्नसक्ने र मतदातालाई आकर्षित गर्नसक्ने कार्यकर्ताको उपस्थिती देखिएको बताउनुभयो । स्वातमा आयोजित कार्यक्रममा तेजेन्द्र खत्री (शिब) को अध्यक्षता मा ५१ सदस्यीय तरुण दल र राष्ट्रिय मगर संघको अध्यक्ष टेक बहादुर फगामिको अध्यक्षतामा ९ सदस्य सर्बसम्मत वडा समिति गठन गरिएको छ ।

Leave a Reply