नेकपा एमाले म्याग्दीको शुक्रबार सुरु भएको नवौं जिल्ला अधिवेशनको क्रममा नेतृत्व चयनमा सकस भएको छ ।नवौं अधिवेशनबाट ९० सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्नेछ । जसमा कम्तीमा २८ जना महिला सुनिश्चित गरिएको छ । कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई सहसचिव रहेको पदाधिकारी र बाँकी सदस्य हुने छन् । यस्तै जिल्ला अध्यक्षमा साविकका उपाध्यक्ष देवेन्द्रबहादुर केसी, सचिव बालकृष्ण सुवेदी र सचिवालय सदस्य थमसरा पुनले दाबी गरेका छन् ।                  सचिवमा प्रमोद श्रेष्ठ, सुरत केसी र राजकुमार थापा मगरबीच सहमति जुट्न सकेको छैन ।अध्यक्ष र सचिवमा सहमति भए जिल्ला कमिटी सर्वसम्मत हुने अन्यथा निर्वाचनमा जानुपर्ने अवस्था रहेको अध्यक्ष र सचिवमा सहमति जुटाउन सकस भइरहेको छ ।

Leave a Reply