म्याग्दीको बेनी नगरपालिका-९ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालय क्षेत्र विकास कोषको अध्यक्षमा माधवप्रसाद रेग्मी निर्विरोध निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न भएको ७ औं विषेश अधिवेशन तथा १६ औं कार्यकारी सभाबाट उपाध्यक्षमा बमबहादुर पुन, सचिवमा बलबहादुर खत्री र कोषाध्यक्षमा कुमारी रोका रहनुभएको छ ।

त्यसैगरी सदस्यहरूमा आशिका पुर्जा, रविन्द्र कार्की, पुर्णबहादुर बानियाँ, मनोज पौडेल, पुण्य चोखाल, सुरेन्द्रराज शर्मा, टिकानन्द सुवेदी, धनप्रसाद रोका, र हिराबहादुर बरुवाल रहेको कोषका कार्यालय प्रमुख रामबहादुर बानियाँले जानकारी दिनुभयो । कोषका प्रमुख संरक्षक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले उद्घाटन गदैं कोषमार्फत भइरहेका कामको प्रशंसा समेत गर्नुभएको थियो ।

प्रजिअ रानाले कोषको आम्दानीलाई वित्तिय ब्यवस्थापनमा हालसम्म भइरहेको अभ्यासलाई थप सुधार गदैं अगाडी बढ्न समेत निर्देशन दिनुभयो । साधारणसभामा संरक्षक सदस्य रमेश शर्मा, जिल्ला मालपोत कार्यालयका मोलपोत अधिकृत कृष्णबहादुर कार्की, बेनी नगरपालिका वडानम्वर ९ का वडाअध्यक्ष बेलबहादुर कटुवाल, म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठ, धार्मिक क्षेत्रतर्फबाट नेत्र महत, संस्थाका सभाषद चक्रबहादुर केसीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कालिगण्डकीबाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयं उत्पत्ति ज्योतिर्लिङश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहेको छ । गलेश्वरधाममा रहेका ज्योतिर्लिङ्ख, शालिग्राम, जलकूण्ड, शंखचक्रहरु, नागमणी आदि चक्राकार रूपी चिन्ह मानवनिर्मित नभई स्वंयम उत्पन्न भएको धार्मिक पुस्तकमा उल्लेख छ ।

Leave a Reply