नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीको नवौं जिल्लाअधिवेशनको आज (शनिबार)बन्दसत्रको हलबाट प्रतिवेदन पारित भएको छ । बन्दसत्रमा पार्टी अध्यक्ष हरिकृष्ण श्रेष्ठले पेश गर्नुभएको राजनीतिक, साङ्गठनिक र आर्थिक प्रतिवेदनमाथि छलफल गरी संशोधनसहितपारित गरिएको हो ।

अध्यक्ष श्रेष्ठले नवौं जिल्लाअधिवेशनको बन्दसत्रमा पेश गरेको २८ पेजको राजनीतिक तथा साङ्गठनिक र आर्थिक प्रतिवेदन बन्दसत्रबाट पारित भएको एमालेका युवा नेताएवं अध्यक्ष मण्डलका सदस्य सन्तोष रावलले जानकारी दिनुभयो । शनिबार दिनभर जसो प्रतिवेदनमाथिप्रतिनिधिहरुको बीचमा छलफल गरी प्रतिवेदनपारित गरिएको हुँदाभोलि (आइतबार) बिहानैदेखि नेतृत्वचयनको प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले पेश गरेको उक्तप्रतिवेदनउपर छलफल गर्न विभिन्न आठवटा समूहहरु बनाइएको थियो । ती समूहमा प्रतिनिधिको बीचमा छलफल गरी टिपोट भएका विषयलाई बुँदागत रुपमा समूहका नेताहरुले प्रस्तुत गरेका थिए । एमालेको छ वटा पालिका कमिटी, जिल्ला कमिटी र जनवर्गीय सङ्गठनको गरी विभिन्न आठ समूहबाट प्रतिवेदनमाथि छलफल गरिएको थियो ।

प्रतिवेदनमाथि उठेकाविषयमाएमाले जिल्लाअध्यक्षश्रेष्ठले पार्टीको धारणासहित जवाफदिनुभएको थियो । अध्यक्ष श्रेष्ठले प्रतिवेदनमाथि उठेकाविषयको जवाफ दिएपछि प्रतिवेदनपारित गरिएको थियो । एमालेको नवौं अधिवेशनको बन्दसत्र सञ्चालनगर्नकालागिएमाले स्थायी कमिटी सदस्यएवं पूर्वमन्त्री थममाया थापाको संयोजकत्वमा अध्यक्ष मण्डल गठन गरिएको छ । अध्यक्ष मण्डलको सदस्यहरुमा एमालेका नेताहरु भूपेन्द्रबहादुर थापा, नरदेवीपुन, नवराज शर्मा, खुमबहादुर बानियाँ, तर्कबहादुर केसी, हरिकृष्ण श्रेष्ठ, पुष्कर विक र सन्तोष रावल रहनुभएको छ ।

एमालेको अधिवेशनमाभागलिनआएकाप्रतिनिधिहरुलाई म्याग्दी सदरमुकामबेनीका १४ ओटा होटलहरुमा व्यवस्थापन गरेर राखिएको छ । ‘गुट, फुट र अराजकताको अन्त्य गरौं, सबल, सुदृढ र एकताबद्ध पार्टी निर्माण गरौं’ भन्नेमूलनारासहितहिँजो (शुक्रवार)देखि सदरमुकाम बेनीमाएमाले म्याग्दीको नवौं जिल्ला अधिवेशनसुरु भएको हो ।अधिवेशनले एमाले म्याग्दीको नयाँ नेतृत्वचयनगर्नेछ ।
शनिबार प्रतिवेदनपारित भएसँगै एमालेका पालिका कमिटीहरुले आ–आफ्नो कमिटीबाट जिल्ला कमिटीमा प्रतिनिधित्वगर्ने सदस्यहरु टुङ्ग्याउनतर्फलागेका छन् । एमालेको जिल्ला नेतृत्वसहितपदाधिकारी र सदस्यपदमा सर्वसम्मत रुपमाचयनगर्ने नेकपाएमाले म्याग्दीले जनाएको छ ।

Leave a Reply