काठमाडौंको गोंगबुमा स्थापित म्याग्दी बचत तथा ऋण सहकारी संस्थाले ३७ करोड लगानी गरेको छ । म्याग्दीबाट काठमाण्डौमा बासोबास गर्ने म्याग्देलीको सक्रियतामा स्थापना भएको सहकारीले आर्थिक वर्ष २०७७÷०७८ मा बाँडफाँड योग्य मुनाफा १ करोड ३८ लाख आर्जन गरेको छ ।

शनिबार सम्पन्न भएको सहकारीको १४औं वार्षिक साधारणसभामा कुल १६ सय ७७ सदस्यबाट शेयर पुँजीतर्फ ७ करोड ५३ लाख र बचततर्फ ४३ करोड ९५ लाख रहेको आर्थिक प्रतिबेद प्रस्तुत गरिएको थियो । अध्यक्ष थदेवी पुनको अध्यक्षतामा सम्पन्न साधारणसभाको उदघाटन संस्थाका बरिष्ठ सल्लाहकार डा. ज्योति शेरचन र जेष्ठ शेयर सदस्य (७४ वर्षिय) इन्द्रबहादुर अधिकारीले सामुहिकरुपमा उद्घाटन गर्नुभएको थियो । साधारणसभामा सहकारी अभियन्ता तथा कानुनी परामर्शदाता डिल्लीराम तिवारीले आम म्याग्देलीहरुलाई संगठित गराउँदै, व्यवसायी बनाउन आर्थिक योगदान र वित्तिय ज्ञान दिएको स्मरण गराउनु भयो ।

त्यसैगरी संस्थाका बरिष्ठ सल्लाहकार डा.ज्योति शेरचनले फरक परिचय सहित स्थापित म्याग्दी सहकारीे धेरै सम्भावना बोकेको वित्तिय संस्थाको रुपमा परिचित हुन आवश्यक रहेको बताउनुभयो । संस्थाका सहकोषाध्यक्ष छकप्रसाद शेरचनको स्वागत तथा सचिव दिपबहादुर छन्त्यालले सञ्चालन गरेको साधारणसभामा अध्यक्षको तर्फबाट प्रबन्धक विष्णुप्रसाद पौडेलबाट प्रस्तुत वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सोही अवसरमा उत्कृष्ट बचत गर्ने सदस्यहरु मीमकुमारी छन्त्याल,सुकुन शेरचन, डम्मरबहादुर छन्त्याल र बेलबहादुर तिलिजा तथा असल कर्जा कारोवार गर्नु हुने फुलसाङ्गो शेरचन र संगिता घर्तिमगरलाई कदर पत्रप्रदान गरिएको थियो। त्यस्तै सहकारी अभियन्ता तथा काुननी परामर्शदाता डिल्लीराम तिवारीलाई सम्मान गरिएको थियो ।

म्याग्दी जिल्लाका सबै स्थानीय तहका वडाबाट प्रतिनिधित्व रहेको सहकारीले जिल्लाभित्रका विभिन्न क्षेत्रलाई लक्षित गरी क्यालेन्डर सहित प्रचारप्रसारमा सघाउने गरी साम्रागी प्रस्तुत गर्ने गरेको छ भने प्राकृतिक विपत्ती सहित विभिन्न क्षेत्रमा समेत सहयोग गर्ने गरेको छ । सहकारीकी अध्यक्ष पुनले जन्मभूमी म्याग्दीका विभिन्न क्षेत्रलाई प्रोत्साहन तथा काठमाण्डौबाट गर्न सक्ने कार्यहरुलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभएको थियो ।

 

 

Leave a Reply