सिटिजन्स लाइफ इन्सोरेन्स कम्पनीले म्याग्दीमा एकै महिनामा रु. ५७ लाख भन्दा बढी मृत्यु दाबी रकम भुक्तानी गरेको छ। पुष ८ गतेदेखि आइतबारसम्म तीन जना बिमित मृतकका आफन्तलाई सो रकम भुक्तानी गरिएको सिटिजन्स लाइफ इन्सोरेन्स कम्पनीको बेनी शाखाले जनाएको छ ।

रघुगंगा गाउँपालिका–१ बेगका दुई जना बिमितका परिवारलाई आइतबार रु. ५४ लाख मृत्यु दाबी रकम भुक्तानी गरेको कम्पनीले यसअघि पुष ८ गते ब यसअघि बेनी नगरपालिका ३ का शान्तराम बुढाथोकीका परिवारलाई रु. तीन लाख ३८ हजार ३८८ हस्तान्तरण गरेको थियो ।

गत महिना बेगमा जिप दुर्घटनामा ज्यान गुमाएका दुतबहादुर थापाका परिवारलाई रु. ३१ लाख दुई हजार पाँच सय र गौमाया बिकका परिवारलाई रु. बीस लाख हस्तान्तरण गरिएको शाखा प्रमुख भावना पौडेल सुबेदीले जानकारी दिनुभयो । रु. पन्ध्र लाखको बिमा गरेका थापाले दुई किस्तामा रु. एक लाख ५५ हजार प्रिमियम शूल्क तिर्नुभएको थियो ।

बिमांक बाहेक किरिया, दुर्घटना र एक बर्षको बोनस सहितको रकम उपलब्ध गराइएको कम्पनीले जनाएको छ । दश लाखको बिमा गरेकी गौमायाले दुई किस्तामा रु. नब्बे हजार प्रिमियम शूल्क तिर्नुभएको थियो । उहाँका परिवारले बिमांह, किरिया, दुर्घटना र एक बर्षको बोनस सहितको रकम पाउनुभएको हो ।

बेगखोलामा भएको बिमा दाबी रकम हस्तान्तरण कार्यक्रममा रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बिमाले हानीको क्षति कम गर्ने र आश्रित परिवारको जिविकोपार्जनमा सहयोग पुग्ने भएकाले बिमा सम्बन्धी शिक्षा र चेतना फैलाउन आवश्यक रहेको बताउनुभयो । वडा अध्यक्ष बिलप्रसाद फगामी, सिटिजन्स लाईफ इन्सोरेन्स कम्पनीका धौलागिरी क्षेत्रीय ब्यवस्थापक दिपेन्द्र लम्साल, शाखा प्रमुख सुबेदी, अभिकर्ताहरुको उपस्थितिमा रकम हस्तान्तरण गरिएको थियो ।

Leave a Reply