कोरोना भाइरसको तेस्रो लहरको जोखिम बढेपछि सिसिएमसिले विद्यालय बन्द गर्न सिफारिस गरेपनि शिक्षा मन्त्रालयबाट आधिकारिक सूचना जारी नभएकाले म्याग्दीमा सोमबार नियमित विद्यालय सञ्चालन हुने जनाइएको छ ।

सिएमसिले निर्णय गरेपनि जिल्लामा बैठक नबसेकाले अर्को सूचना जारी नहुदाँसम्म विद्यालय नियमित सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी चिरञ्जीबि रानाले बेनीअनलाइनलाई बताउनुभयो ।डिसिएमसीको बैठकबाट जिल्लाभित्र कोरोनाको जोखिम मापन गरी नियन्त्रणका लागि आवश्यक मापदण्ड बनाउने प्रजिअ रानाको भनाई छ ।

‘निर्णयको जानकारी आएको छैन्,‘हामीले बैठकबाट नै थप निर्णय गर्नेछौ’ प्रजिअ रानाले भन्नुभयो । मंगलबार बैठक बसेर म्याग्दीमा कसरी अगाडी बढ्ने बारेमा निर्णय हुने जनाइएको छ । म्याग्दीमा कोरोना संक्रमति भएपनि हाल विद्यालय नै बन्द गर्नुपर्ने अवस्था नभएको भन्दै सरोकारवाला निकायले जनस्वास्थ्यको मापदण्डको पालना गदैं विद्यालय नियमित सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।

म्याग्दीका निजी तथा समुदायिक विद्यालयमा स्वास्थ्य साम्रागी तथा विद्यार्थीलाई अनिवार्य मास्क लगाउने लगायतका मापदण्डको पालना भइरहेको छ । काठमाण्डौ लगायतका क्षेत्रमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको थियो ।

 

Leave a Reply