नेकपा एमाले बागलुङको अध्यक्षमा हिरा बहादुर केसी निर्वाचित हुनुभएको छ ।नवौं जिल्ला अधिवेशनबाट केसीले ३२९ मत प्राप्त गरि निर्वाचित हुनुभएको हो ।सोमबार विहान सम्पन्न भएको मतगणनाको अन्तिम मत परिणम अनुसार अध्यक्षका प्रत्यासी कृष्ण पाठकले २२८ मत र मेहरसिंह पाईजाले ३४ मत प्राप्त गर्नुभयो ।

यस्तै उपसचिवमा गणेश बहादुर थापा (२९९) र डम्मर बहादुर श्रीस (२३४) मत प्राप्त गरि विजयी हुनुभयो । शुक्रबारदेखि सुरु भएको एमाले बागलुङको अध्यक्ष, उपसचिव, खुल्ला सदस्य, अल्पसंख्यक र भूगोल सदस्य (काठेखोला गाउँपालिका)मा सर्वसम्मत नभएपनि आईतबार मतदान भएको थियो ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नवनिर्वाचित अध्यक्ष केसी आन्दोलित हुनुभएको थियो । केसी बागलुङका साथै म्याग्दीमा आयोजित विरोध सभामा समेत सहभागिता जनाएर प्रधानमन्त्रीको कदम बिरुद्ध समेत लाग्नुभएको थियो । एमाले छोडेर माधब नेपाल सहितको टोलीले नयाँ पार्टी खोलेपछि केसी एमालेमै सक्रिय हुनुभयो ।

Leave a Reply