कोरोनाको तेस्रो लहरसँगै म्याग्दीमा ५ सक्रिय संक्रमित छन् । ओमिक्रोन भेरिएन्टको जोखिम बढ्दै जान थालेपनि जिल्लाभित्र संक्रमतिको संख्या जम्मा ५ जना रहेका छन् भने कोरोनाको लक्षण देखिएकाले दैनिक स्बाब परीक्षण गर्ने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

हालसम्म कोरोना संक्रमतिको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बताउनुभयो।‘संक्रमतिको संख्या कमी भएपनि जोखिम टरेको छैन्,‘अब जनस्वास्थ्यको मापदण्डलाई कार्यान्वयनमा बढी निगरानी राख्नुपर्ने भएको छ’ प्रमुख लम्सालले भन्नुभयो । म्याग्दीमा हालसम्म कोरोना खोपको पहिलो डोज ६८ हजार जना, दोस्रो ५८ हजार र १८ बर्ष मुनिका ११ हजार ३७६ जनाले खोप लगाएका छन् ।

जिल्लाभर करिब ९० प्रतिशतको हाराहारीमा कोरोनाको खोप पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ। कोरोनाको खोपको पहुँचमा रहेकाले संक्रमतिको दर घटेपनि जोखिम कायमै रहेकाले सतर्कता अपनाउन अपिल गरिएको छ । कोरोना संक्रमतिको संख्या न्यून भएपनि जिल्लाका विद्यालयहरु बन्दका लागि बुधबार बस्ने डिसिएमसीको बैठकले थप निर्णय गर्ने छ ।स्कुले विद्यार्थीको पहुँचमा खोप नपुगेकाले सबैभन्दा जोखिम बालबालिका रहेको स्वास्थ्यका जानकारहरु बताउँछन् ।

तेस्रो लहरको हटस्पट नै विद्यालय बन्न नदिन आवश्यक सतर्कता अपनाउन तयार भएपनि विद्यालय बन्द नै समस्याको समाधान नभएको भन्दै सरोकारवाला निकायले नै विरोध गरेका छन् । विद्यालयलाई निशाना नबनाउन प्याब्सनले समेत अनुरोध गरेको छ । म्याग्दीका निजी तथा समुदायिक विद्यालयमा स्वास्थ्य साम्रागी तथा विद्यार्थीलाई अनिवार्य मास्क लगाउने लगायतका मापदण्डको पालना गरिरहेको अवस्थामा हतारमा विद्यालय बन्द हुदाँ पठनपाठनमा समस्या हुने भन्दै डिसिएमसीलाई उपयुक्त निर्णय गर्न अपिल गरेका छन् ।

जिल्लाभित्र नेकपा एमाले , नेपाली कांंग्रेस, एमाओवादी केन्द्र लगायतले खचाखच भिडमा कार्यक्रमहरु गरिरहेका छन् । नयाँ भेरियन्ट सहित संक्रमणदर बढ्न सक्ने भएकाले दलहरूले आफ्ना कार्यक्रमहरूलाई नयाँ स्वरूपमा लैजाने, स्वास्थ्य मापदण्ड पालना गर्न र अरूलाई पनि पालना गर्न लगाउन पहल गर्नुपर्ने स्वास्थ्यका जानकारहरुको भनाई छ ।

Leave a Reply