रघुगंगा गाउँपालिका वडा नं ४ दग्नामका मुटुरोगी काजिमान गर्बुजाको उपचारमा दग्नाम पुख्यौली समाज, दग्नाम समाज र धौलागिरि नौमती बाजा समुहले यूकेले जुटाएको आर्थिक मध्ये बाँकी रकम एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ । साविकको दग्नाम गाविस–३ का गर्बूजाको नाममा संकलन गरी बचत रहेको १ लाख ७५ हजार रुपैयाँ दग्नाम पुख्यौली समाज र दग्नाम समाजका अध्यक्ष टिका पुनले पीडित गर्बुजालाई हस्तान्तरण गरेका थिए ।

तत्कालिन समयमा दग्नाम मिडिया कमिटीमार्फत संयोजन गरिएको आर्थिक सहयोगमध्ये बचत रहेको आर्थिक हस्तान्तरण गरिएकोे धौलागिरी नौमति बाजा समुहका अध्यक्ष बिल पूर्जा मगरले जानकारी दिए । उक्त अभियानमा दग्नामबासीले महत्वपूर्ण भूमिका खेलेका थिए । सहयोग बुझ्दै रोगी गर्बुजाले आर्थिक सहयोगबाट सहज हुने बताए ।

लोपउन्मुख नौमतीर पन्चे बाजाको संरक्षणका लागि यूकेमा दग्नाम पुख्यौली समाज रधौलागिरि अञ्चलको म्याग्दी, पर्वत र बागलुङका बासिन्दाले स्थापाना गरेको समुहमा आवद्ध रहेका सदस्यले आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट बन्चित भएका नेपालीलाई सहयोग गदैं आइरहेको छ । संस्थामार्फत म्याग्दीमा विभिन्न समस्यामा परेकाहरुलाई सहयोग गदैं आइरहेको छ । बाजा बजाएमार्फत संकलन भएको रकमबाट आर्थिक अभावका कारण उपचारबाट बन्चित भएकको उपचारमा खातामा रहेको रकमबाट पचास पाउण्डदेखी माथि सहयोग गर्ने गरिएको छ ।

Leave a Reply