म्याग्दीको मालिका गाउँपालिका-४ ओखरबोटको भीरखानीमा रहेको विशाल तामाखानीको अध्ययन तथा उत्खननका अनुमति पाएको छ । खानी तथा भूगर्भ विभागले ओखरबोटको तामा अध्ययनका लागि सिमभञ्याङ प्राइम रिसोर्सेज प्रालि र डोङ्गी मिनरल प्रालि काठमाडौँलाई अनुमति प्रदान गरेको जनाएको छ ।

विभागले देशभरका आठ स्थानको चुनढुङ्गा, मार्बल, काउलिङ, बालुवा र तामालगायतका खनिज पदार्थको उत्खनन तथा अध्ययनका लागि विभिन्न कम्पनीलाई अनुमति प्रदान गरेको विभागका प्रवक्ता जयराज घिमिरेले जानकारी दिनुभयो । विभागले खनिज उत्खनन तथा अनुमति प्रदान गरेबापत ओखरबोट सहित अन्य अनुमति दिइएको स्थानबाट ३७ करोड राजस्वसमेत सङ्कलन गरेको छ ।

ओखरबोटमा बि।स २०३० सालमा तत्कालिन राजा विरेन्द्रले अवलोकन भ्रमणमा नेपालकै उत्कृष्ट तामाखानी घोषणा गरी संचालनमा ल्याउन हुकुम गरेको सो तामाखानी अझसम्म पनि संचालनमा आउन नसक्दा राज्यले वार्षिक करोडौंको राजस्व गुमाएको छ भने स्थानीयहरु रोजगारीबाट बञ्चित भएका थिए ।

वि।सं २००९ सालदेखि २०२८ सालसम्म नियमित संचालनमा रहेको र त्यसपछि खानी खन्ने सुरुङमा पानी भरिएपछि प्रविधिको अभावमा खानी खन्न बन्द गरिएको २०१७ सालदेखि २०२८ सालसम्म नियमित खानी खनेर तामा निकालिएको थियो । २०२८ सालसम्म यस तामाखानीमा दैनिक २ सय भन्दा बढि कामदरले काम गर्नुका साथै प्रत्येक दिन ७÷८ धार्नीसम्म तामा निकाल्ने गरिएको थियो ।

त्यसको ४ वर्ष पछि स्व। राजा विरेन्द्र रानी ऐश्वर्य सहित २०३० साल मंसिर ७ गते तामाखानी अवलोकनका लागि ओखरबोटमा आएका र खानीलाई व्यवस्थित रुपमा संचालन गर्न हुकुम भएको थियो ।  त्यसपछि २०४२ सालसम्म फाट्टफुट्ट स्थानीयले खानी खनेर तामा निकाली विक्रि गर्दै आएकोमा २०४२ सालमा सरकारले कर बृद्धि गरेपछि कर तिर्न सक्ने अवस्था नहुँदा र तामाखानीबाट तामा निकाल्ने प्रविधि तथा उपकरणको अभावमा खानी वन्द गरिएको थियो ।

ओखरबोटको खानीमा स्वदेशी तथा विदेशी लगानीकर्ताको आर्कर्षित हुनुको प्रमुख कारण तामाखानीमा दुईवटा मुहान रहेका छन् । ती मुहानहरुको लम्वाई २५० देखि ५ सय मिटरसम्म रहेको छ । त्यहाँ अझैसम्म पनि तामाका धाउहरु देख्द सकिने भएकाले तत्कालै आम्दानी हुने भएकाले लगानीकर्ताले अनुमतिका लागि धेरै प्रयास गरेका थिए ।ओखरबोट गाउँबाट २० मिनेटको दुरीमा २ वटा तामाखानी रहेका छन् । यता मालिका गाउँपालिकाले अनुमतिका बारेमा आधिकारिक धारणा प्राप्त नभएको जनाएको छ ।

 

Leave a Reply