शल्यक्रिया सहितको प्रसुतीपछि सुत्केरी महिलाको घाउमा इन्फेक्सन भएपछि उपचारमा आर्थिक अभाव भएको छ । जिल्लाको धवलागिरी गाउँपालिका वडा नं ७ हिलापोखरीकी दानु परियारको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा भएको शल्क्रक्रियापछि इन्फेक्सन भएपछि थप उपचारमा आर्थिक अभाव भएको उनका श्रीमान बिश्नु परियारले बताउनुभयो ।

परियारले तत्काल उपचारमा आवश्यक पर्ने औषधी सहितको सेवामा खर्च गर्ने आर्थिक नभएकाले सहयोगको याचना गरिएको बताउनुभयो । शल्यक्रियापछि बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

गाउँकै विपन्न महिलाको उपचारमा सहयोगको याचना गरेपछि आर्थिक सहयोग अभियान सञ्चालन गर्नुपर्ने भएको ताकमका पत्रकार गोपाल आचार्यले जानकारी दिनुभयो । आर्थिक सहयोगका लागि स्वदेश तथा विदेशमा रहेका ताकमबासी सहित म्याग्देलीलाई अनुरोध गरिएको छ ।

बिश्नु परियार: ९८६९३५६६६८

Leave a Reply