अब म्याग्दी जिल्ला भित्रका रहेका कार्यालय,होटलमा प्रवेश गर्दा पनि कोरोनाबिरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनु पर्ने भएको छ । आज बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले होटल प्रवेश गर्दा अनिवार्य कोरोनाबिरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने निर्णय गरेको हो ।

यो निर्णय सरकारी तथा गैरसरकारी संघसंस्थमा समेत कडाईका साथ लागु हुने छ । जिल्लाभित्र तथा बाहिरबाट आउने सेवाग्राहीलाई आफ्नो परिचयसँग मिल्ने कोरोन लगाएको खोप कार्ड साथैम वा मोवाईमा भएपनि देखाएर मात्रै सेवा लिन निर्देशन दिइएको छ । भिडभाड हुने क्षेत्रमा कोरोना संक्रमति भेटिएपछि खोप लगाएको कार्ड नदेखाएमा सेवाप्रवाहमा बाध्यकारी नहुने समेत प्रष्ट पारेको छ ।यो निर्णयको बुधबारदेखि प्रभावकारी रुपमा कार्यान्वयन हुने प्रजिअ चिरञ्जीवि रानाले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार खड्के अनुगमनको क्रममा निर्णयको पालना नगरेको पाइएमा कानुन अनुसार कारवाही समेत गरिने बताउनुभयो ।

देशका विभिन्न जिल्लामा नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण दर बढेसँगै जिल्लामा समेत कडाइ गरेको हो । सदरमुकाम बेनीमा रहेका होटल तथा रेष्टुरेन्टलाई निर्णय अनुसारको तयारी सार्वजनिक रुपमा अपिल समेत गरिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले सदरमुकाम बेनी सबैभन्दा जोखिम रहेकाले मापदण्डको पालना गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । हाल जिल्लामा सक्रिय संक्रमतिको संख्या ११ पुगेको छ ।

Leave a Reply