म्याग्दीको सदरमुकाम बेनीमा आयोजना गरिएको माघे संक्रान्ति मेला स्थगित भएको छ । केही दिन कोभिड १९ संक्रमण तीब्र रुपमा फैलिनुका साथैसमेत पुष्टि भएकाले जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी) को मंगलबार बसेको बैठकले आगामी पौस ३० देखि माघ २ गतेसम्म आयोजना गर्न लागिएको मेला स्थगित गरेको हो ।

यसअगाडी नै म्याग्दी उद्योग वाणिज्य संघले समेत २५ जना भन्दा धेरै जमघट हुने मेला सञ्चालनका लागि उपयुक्त नभएको निर्णय गरेको थियो । म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगतको महिला उद्यम विकास समितिको मूल आयोजनामा बेनीको खुल्लामञ्चमा मेलाको आयोजना गरिने मेलामा सबै स्थानीय तह सहित संघसंस्थालाई पत्रचार समेत गरिएको थियो ।

संघका बेलबहादुर कटुवालले कोरोनाको जोखिमका कारण मेला स्थगित गरिएको र अब उपयुक्त समय हेरेर म्याग्दी महोत्सव नै आयोजना गरिने बताउनुभयो ।म्याग्दी उवासंघले हरेक तीन बर्षमा म्याग्दी महोत्सव र प्रत्येक बर्ष माघे संक्रान्ति मेलाको आयोजना गर्ने गरेको भएपनि कोरोना भाइरसको जोखिम तथा संक्रमणको जोखिमका कारण विगत दुई बर्षदेखि मेला महोत्सव सञ्चालन हुन सकेको छैन्। यसैबीच जिल्लाका सबै स्थानीय तहमा सञ्चालित मेला तथा अनुमति लिएकालाई समेत तत्काल स्थगितको सूचना सम्बन्धित निकायमा जानकारी गरायन निर्देशन दिइएको छ ।

Leave a Reply