म्याग्दी जिल्लाको पुरानो म्याग्दी बहुमुखी क्याम्पस नवनिर्वाचित संचालक समितिले पदभार ग्रहण गरेका छन् । क्याम्पसको ३१ औ वार्षिकोत्सब तथा ११ औ अधिवेशनबाट निर्वाचित कार्यसमितिले मंगलबार पदभार ग्रहण गरेका हुन् । कार्यक्रममा क्याम्पस निर्वतमान अध्यक्ष बालकृष्ण सुवेदीले नवनिर्वाचित अध्यक्ष सोमनाथ ढुङ्गानालाई माईनट हस्तारण गर्दै जिम्मेवारी सुम्पिनुभएको हो ।

पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष ढुङ्गानाले सबैसंग सहकार्य गरेर क्याम्पसको आर्थिक, भौतिक, शैक्षिक क्षेत्रलाई मजबुद बनाउने प्रतिवद्धता जनाउनुभयो। आगामी दिनमा क्याम्पसमा संचालन हुने सूचना तथा सञ्चार प्रविधि शिक्षा विषयको कक्षा संचालनको लागि आवश्यक पुर्वाधार निर्माण र प्रचारप्रसारमा ध्यान दिने समेत बताउनुभयो ।

ढुङ्गानाको अध्यक्षतामा १२ सदस्यीय संचालक समितिको उपाध्यक्षमा दिपेन्द्र श्रेष्ठ(दिपु), कोषाध्यक्षमा राजकुमार थापा सर्वसम्मत भएका छन् । समितिको सदस्यहरुमा शेरबहादुर केसी, कृष्णबहादुर थापा, ज्ञानेन्द्र कुमार श्रेष्ठ, अजयमिलन श्रेष्ठ, क्याःमिनबहादुर कार्की, सन्तोष रावल, किरण सापकोटा, दिपक कार्की र देउ प्रसाद छन्त्याल रहेका छन् ।

विद्यालय अनुदान आयोगबाट(क्युएए) को प्रमाणपत्र प्राप्त क्याम्पसले यसअगाडी स्नातकोत्तर तहको व्यवस्थापन संकायमा समेस्टर तथा यसबर्ष देखि बिएडमा बार्षिक प्रणालीमा विज्ञान शिक्षा, र शिक्षाशास्त्रतर्फ स्नातक तहमा विज्ञान र सूचना तथा प्रविधि शिक्षा (बीआईसीटीई) विषयमा अध्यापन गराउँदै भविस्यमा शिक्षासँग उत्पादनलाई जोड्ने गरी नयाँ संकाय ल्याउने क्याम्पसले जनाएको छ । २०४८ साल पुस १८ गते स्थापना भएको म्याग्दी बहुमुखी क्याम्पसमा हाल दश जोड दुई र स्नातक तहमा शिक्षा, मानविकी र व्यवस्थापन विषयमा पढाई हुँदै आइरहेको छ भने करिब १४ सयजना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

 

Leave a Reply