म्याग्दीका मोबाइल व्यवसायीहरुको साझा संस्था म्याग्दी मोवाईल एण्ड इलेक्ट्रोनिक्स संघ गठन भएको छ । जिल्लाभित्र रहेका मोवाईल एण्ड इलेक्ट्रोनिक्स ब्यवसायीहरूलाई संगठित गरी पेशागत हकहित तथा समस्या समाधान गर्ने उद्देश्यले स्थापना भएको संघको अध्यक्षमा हेमन श्रेष्ठ, उपाध्यक्ष केशबराज आचार्य, सचिव बिनोद सुबेदी, कोषाध्यक्ष रामकृष्ण सुबेदी रहनुभएको छ ।

त्यसैगरी सदस्यहरूमा सुयोग श्रेष्ठ, नगेन्द्र बस्नेत, टुंगनाथ कँडेल, सिता भण्डारी शर्मा, भिमबहादुर किसान, भगवती पौडेल,श्रीप्रसाद आचार्य, नन्दकली सापकोटा र ओशिन श्रेष्ठ रहेको अध्यक्ष हेमन श्रेष्ठले जानकारी दिनुभयो ।

पछिल्ला केहीबर्ष यता जिल्लामा मोवाईल ब्यवसायीको संख्या ह्वात्तै बढेपनि संस्थागत रुपमा संगठित नहुदाँ विभिन्न कानुनी झमेला तथा ब्यवसायीको समस्या समाधानमा समेत समस्या भएपछि अबका दिनका संस्थागत गतिविधिसँगै ब्यवसायीलाई एकजुट बनाएर लैजाने अध्यक्ष श्रेष्ठको भनाई छ ।

‘हामीले ब्यवसायसँगै विभिन्न रचनात्मक कार्यहरु समेत गर्नेछौ,‘सबै ब्यवसायीलाई आवद्ध हुन अनुरोध गरेका छौ’ अध्यक्ष श्रेष्ठले भन्नुभयो । संघमा जिल्लामा रहेका पुराना र नयाँ ब्यवसायीहरुलाई समेटिएको छ । संघले जिल्लाका सबै मोवाईल ब्यवसायीहरुको तथ्याङ्क समेत संकलन गर्नेछ । संस्था गठन भएसँगै नेपाल सरकारका विभिन्न निकायबाट कानुनी मान्यता समेत प्राप्त गरेकाले संस्थागत ग।ितविधिका लागि समेत सहज भएको जनाइएको छ ।

Leave a Reply