बेनी नगरपालीका-२,बगरफाँट निबासी बिनिता शर्माको उपचारका आर्थिक अभाव भएको छ । आन्द्राको क्यान्सर रोगबाट ग्रसित बनेपछि बिनिताको बिगत ८ महिना देखि भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको अवस्थामा उपचार लम्बिएपछि आर्थिक अभाव भएको हो ।

साढे दुई दशक देखि पत्रकारिता क्षेत्रमा सक्रिय नेपाल प्रेस युनीयन म्याग्दीका पुर्ब अध्यक्ष समेत रहनुभएका पत्रकार धु्रबसागर शर्माले छोरी बिनिताको उपचारमा परिवारबाट मात्रै सम्भव नभएकाले सहयोगको अपिल गर्नुभएको छ ।

‘उपचारको समय धेरै लाग्ने र खर्च पनि बढी लागेको छ,‘यसअगाडी प्राप्त सबै सहयोग उपचारमै सकियो’ शर्माले बेनीअनलाइनलाई भन्नुभयो । हालसम्म ९ वटा किमो, २५ पटक थेरापी र एउटा अप्रेशन सहित औषधी र अन्य खर्च गरी स्वदेश तथा विदेशमा रहेका बगरफाँटबासी सहितको अभियानमा संकलन भएको रकम सहित १६ लाख खर्च भएको छ ।

मुख्य अप्रेशन गर्न र थेरापी लगायतका उपचार बाँकी रहेकाले अझै १० देखि १२ लाख रुपैयासम्म उपचारमा खर्च लाग्ने पत्रकार शर्माले बताउनुभयो ।

‘घरमा मेरो कमाईले मात्रै खर्च चल्छ,‘मेरो एकल कमाईले छोरीको थप उपचार सम्भव नभएपछि सहयोगको अपिल गरेको छु’पत्रकार शर्माले भन्नुभयो । स्वास्थ्यमा केही सुधार भए पनि उपचारमा अझै धेरै रकम लाग्ने भएकाले ब्यवस्थापन गर्न समस्या भएको उहाँको भनाई छ ।

‘अब थप उपचार कसरी गर्ने होला भनेर मन पोल्ने गरेको छ ,‘कोरोना भाइरसको संक्रमण घटेमा भारतसम्म पुगेर उपचार गर्नुपर्ने छ’शर्माले भाबुक हुदै भन्नुभयो । पत्रकारिता र शिक्षण पेशामा कार्यरत शर्माको घरायसी खर्च, छोराछोरीलाई शिक्षादीक्षामै खर्च हुने गरेको छ ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ बिमको किसानी माबीमा जेटिए अध्ययन गर्दै गर्नुभएकी २० बर्षिया बिनितालाई स्वास्थ्यमा समस्या देखिएपछि बेनी अस्पताल र पोखरामा चेकजाँच पछि डक्टरको रिपोर्ट अनुसार क्यान्सर रोग लागेको थाहा भएको थियो ।

त्यसपश्चात उपचारका लागि भरतपुर क्यान्सर अस्पताल लगिएको थियो । पीडित शर्माको पहिलो चरणको अभियानमा संकलन आर्थिक सकिएपछि अव दोस्रो चरणको अभियान सुरु भएकाले आर्थिक सहयोग अभियानमा साथ दिन अपिल गरिएको छ । सहयोग गर्न चाहने इच्छुक माहनुभावले पत्रकार शर्माको राष्ट्रिय वाणिज्य बैंकको बेनी शाखामा रहेको खातामा सिधै जम्मा गर्न सकिन्छ ।

खातावालाको नाम : धुब्रप्रसाद शर्मा
राष्ट्रिय वाणिज्य बैंक खाता नं ३३४०१००००५२२८०१० मा सिधै जम्मा गर्न सक्नुहुने छ । Cell 9847649863

Leave a Reply