---Advertisement---

लायन्स क्लबको प्रथम भ्वाइस ड्रिस्ट्रिक्ट गर्भनरमा म्याग्दीका चन्द्र केसीको उम्मेदवारी घोषणा

On: January 21, 2022 10:15 PM
Follow Us:

मानवीय सेवामा संलग्न विश्वकै ठुलो सामाजिक संस्थामा पर्ने लायन्स क्लब अन्तराष्ट्रिय ३२५ बि आईको भ्वाइस डिस्ट्रिक्ट गर्भनरका लागि म्याग्दीका चन्द्रकुमार केसीले दाबी प्रस्तुत गर्नुभएको छ ।

 

म्याग्दीका १० वटा लायन्स क्लबहरुको प्रस्ताबमा सन् २००७ देखि लायन्स अभियानमा सक्रीय लायन्स क्लब अफ बेनी म्याग्दीका संस्थापक अध्यक्ष केसीले क्लबको सन २०२२÷२३ का लागि माघ २९ गते पोखरामा हुने दशौं महाधिवेशनमा भ्वाइस गर्भनरमा उमेद्वार बन्न लाग्नुभएको हो।

बेनीमा शुक्रबार आयोजित कार्यक्रममा केसीले लायन्स क्बव मार्फत सामाजिक सेवाका गतिबिधिलाई अघी बढाउन रामबहादुर बस्यालको नेतृत्वको प्यानलमा उमेद्बार बन्न लागेको बताउनुभयो।

‘लायन्सको यात्रामा धेरैलाई नेतृत्वमा पुग्न साथ दिइयो,‘आफुँले देखेका केही सपना पुरा गर्न मैले उम्मेदवारी दिएको छु’ केसीले भन्नुभयो । म्याग्दी जिल्लामा लायन्स अभियानको नेतृत्व गदैं जोन, रिजन लगायत क्लवका विभिन्न जिम्मेबारीलाई सफलतापूर्वक भूमिका निर्वाह गर्न सफल हुनुभएका केसीले लायन्स क्लबको पढाउ अभियानको नेतृत्व समेत गर्नुभएको थियो ।

केसीले म्याग्दी जिल्लाबाट लायन्समा प्रतिनिधित्व गदैं थप योजनाहरुमा जिल्लाबासीसँग सहकार्य गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ । ‘हामीले हरेक बर्ष एक करोडसम्मको योजना म्याग्दीमा ल्याउन सक्छौ,शिक्षा र स्वास्थ्यमा थप सहयोग आउँदैछ’ केसीले भन्नुभयो ।

म्याग्दीमा क्रियाशिल परोपकारी संस्था ओमकुमारी शान्ति कोषका संस्थापक अध्यक्षसमेत रहेका केसीले कलेजोको समस्याबाट ग्रसित एक बालिकाको जीवन बचाउन आफ्नो कलोजोको केही अंश दान समेत गर्नुभएको थियो ।

उम्मेदवारी घोषणा कार्यक्रममालायन नारायण श्रेष्ठको अध्यक्षता र बिनय श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा लायन्स अभियान्त सन्तोष रावलले म्याग्दी जिल्लामा लायन्सका अहिलेसम्मका ठूला अभियान उम्मेदवार केसीको नेतृत्वमा आएको बताउनुभयो ।

उहाँले म्याग्दीले यसपाली क्लबको पदाधीकारीमा दाबी सहित उमेद्वारी दर्ता गराउन लागेको बताउनुभयो । लायन्स क्लब मार्फत किसानी प्राबिधिक शिक्षालय बिम र गलेश्वर माबी तोरीपानीमा आठ आठ कोठे र नारच्याङ स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । बेनी अस्पतालमा स्वास्थ्य उपकरण सहयोग गरेको क्लबले पहिरोको बिपद्को समयमा पनि जिन्सी तथा खाद्यान्न राहत सामग्री उपलब्ध गराएको थियो ।