म्याग्दीको मंगला गाउँपालिका-१,पूर्णगाउँमा रहेको राष्ट्रिय जनजागृति माविमा न्यानो कपडा‘ट्याक सुट’ वितरण गरिएको छ। समाजसेवी दिल गौचनले विद्यालयका बालविकास देखि कक्षा ५ सम्मका सबै विद्यार्थी र ६–१० का विपन्नलाई पोशाक वितरण गरेको प्रअ टेकबहादुर राम्जालीले जानकारी दिनुभयो ।

‘उहाँबाट निरन्तर विद्यालयलाई सहयोग प्राप्त भइरहेको छ,‘बालबालिकालाई शैक्षिक सहयोगले निकै सहज भएको छ’ प्रअ राम्जालीले भन्नुभयो । समाजसेवी गौचनले विद्यालयको शैक्षिक उन्ननयन तथा विभिन्न सहयोगका लागि विद्यालयको नाममा १० लाखको अक्षय कोष समेत स्थापना गर्नुभएको छ ।

Leave a Reply