निजी क्षेत्रको छाता संगठन म्याग्दीको उद्योग वाणिज्य संघको २८ औं वार्षिक साधारणसभा बेनीमा सुरु भएको छ । शनिबार संघको सभाहलमा जुम मार्फत सुरु भएको साधारणसभाको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कुबिरकुमार श्रेष्ठले उदघाटन गर्नुभयो । संघले कोरोना महामारीलाई मध्यनजर गर्दै संघको सभाहलमा उद्घाटन समारोह र बन्द सत्रलाई जुम मार्फत भर्जुअलबाट समेत साधारणसभामा सहभागी हुने व्यवस्था मिलाइएको छ ।

संघले सूचना नै जारी गरेर भर्चुअल रुपमा सहभागी हुन सदस्यहरुलाई आह्वान गरेको थियो । कोरोनाको महामारीका कारण थलिएको निजी क्षेत्रलाई उकास्न तथा तेस्रो लहरबाट समेत जोगिएर ब्यवसाय गर्ने गरी संघमार्फत समाधारणसभाले थप छलफल गर्ने बताइएको छ ।  साधारणसभामा मानार्थ सदस्य नैनकुमार श्रेष्ठ, पूर्व अध्यक्ष प्रमोद श्रेष्ठ, निर्वतमान अध्यक्ष उत्तमुकमार कर्माचार्य लगायतको उपस्थिती रहेको थियो ।

संघका अध्यक्ष बेलबहादुर कटुवालको अध्यक्षता, महासचिव अमित बानियाँको सञ्चालनमा भइरहेको साधारणसभामा जिल्लाभरका इकाईका सभापति सहितको प्रतिनिधित्व रहेको छ । जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा धेरै सहभागी भएर कार्यक्रम नगर्न निर्देशन दिएकाले सबैलाई भर्जुयल माध्यमबाट सहभागी हुन अनुरोध गरिएको छ।

Leave a Reply