पर्वतको कुश्मा नगरपालिका वडा नं. १ पाङका ३६ बर्षिय सुवास क्षेत्री (नाम परिवर्तन) ७ बर्ष अघि विवाह गरेर छोराको समेत जन्मभएपछि श्रीमतीकै अनुरोधमा पैसा कमाउनकै लागि साउदी अरब पुगे । उनी बैदेशिक रोजगारमा लागेपछि यता श्रीमती रमा क्षेत्री (नाम परिवर्तन) ले पनि छोरा सँगै सामान्य होटल व्यवसाय गरेर बसिन् । फोन मार्फत सञ्चो विसञ्चोको खबर आदान प्रदान भइरहेपनि सुवास विदेशबाट घर फर्किनका लागि जब सवै व्यवस्थापन गरे त्यसको केही दिनमा नै उनी नेपाल नआइपुग्दै श्रीमतीले झुण्डिएर आत्महत्या गरेको खबर सुन्न बाध्य भए ।

अन्ततः घर फर्किएर कारण खोतल्दा परपुरुष सँगको सम्बन्धका कारण उनले आत्महत्या गरेको पुष्टि भयो । उनले केही समयपछि दोश्रो विवाह गरे दोश्रो श्रीमतीले पनि विवाहको केही दिनमा नै गरगहना सहित श्रीमान्लाई छाडेर सम्पर्क विहिन भइन् । केही महिना अघि मात्रै तेश्रो विवाह गरेर होटल व्यवसायमा लागेका सुवास फेरि तेश्री श्रीमतीबाट पनि पिडित बनेर पुस १० गते जिल्ला प्रहरी कार्यालय पर्वतमा निवेदन दिए ।

श्रीमतीले सम्मानजनक व्यवहार गरेको र मानसिक तनाब दिएको उनको निवेदनको व्यहोरा थियो । सुवास त एक उदाहरणीय पात्र मात्रै हुन् । पर्वतका न्यायिक तथा अर्ध न्यायिक निकायमा दर्ता हुन आएका घरेलु हिंसाजन्य उजुरीमध्ये झण्डै ३० प्रतिशत उजुरीहरु श्रीमतीबाट पिडित बनेका व्यक्तिहरु रहेको तथ्याङ्क छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतको महिला बालबालिका सेवा केन्द्रमा गत सन् २०२१ जनवरी देखि सन् २०२१ डिसेम्बरको अन्त्य सम्म दर्ता भएको झण्डै ६७ उजुरी मध्ये २५ जना पुरुषहरुले श्रीमतीबाट पिडित भएको भन्दै न्यायका लागि अनुरोध गरेका छन् भने इलाका प्रहरी कार्यालय हुवासमा दर्ता भएका १२ उजुरी मध्ये ४ जना पुरुषले श्रीमतीबाट पिडित भएको भन्दै उजुरी दिएका छन् ।

यता जिल्ला अदालतको तथ्याङ्कमा पनि श्रीमती सँग सम्बन्ध विच्छेद गर्न चाहनेको संख्या गत बर्षको भन्दा धेरै नै छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक शिवराज बुढाथोकीका अनुसार श्रीमती सँग मेलमिलाप हुन नसकेर पिडित भएको भन्दै प्रहरीमा धाउने पुरुषहरुको संख्या पछिल्लो समय बढ्दै गएको छ ।

यसरी आएका उजुरी मध्ये कतिपय बैदेशिक रोजगारीमा गएर फर्किएका पुरुषहरु रहेका छन् भने कतिपय घर व्यवहार विगारेर परपुरुषसँग सम्बन्ध बढाएको, छोराछोरी घरमा छाडेर अन्यत्र हिड्ने र परिवारको बेवास्ता गर्ने गरेको लगायतको गुनासो सहितका उजुरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयमा यसरी दर्ता भएका उजुरी मध्ये गम्भिर प्रकृतिका उजुरीलाई अदालतमा जान सल्लाह दिएको र सामान्य झै झगडाबाट मनमुटाव बढेका दम्पत्तिहरुलाई केन्द्रबाटै सल्लाह सुझाव सहित लिखित कागजात गराएर मेलमिलाप गराई पठाउने गरेको केन्द्र इञ्चार्ज प्रहरी नायव निरिक्षक पुणर्िमा थापाले बताउनुभयो ।

महिला पिडित बनेर दिएका कतिपय उजुरीहरुमा पनि तिनै उजुरकर्ता महिलाहरु बढी दोषी देखिएको पनि पाइने गरेको थापाले बताउनुभयो ।पछिल्लो समय मजदुर बर्गमा यो समस्या बढी देखिएको जिल्ला बार एशोसिएन पर्वतका अध्यक्ष चन्द्रबहादुर क्षेत्री बताउनुहुन्छ ।

कोभिडका कारण धेरै पुरुषहरुको नियमित रोजगारी खोसिएको र घरमा नै बसिरहने र काममा जाने अवसर नभएपछि श्रीमतीबाट मानसिक तथा शारिरीक तनाव समेत खेपिरहेको पाइरहेको उहाँले बताउनुभयो । न्यायिक, अर्धन्यायिक निकाय तथा मानवअधिकार कर्मीहरुको नजरमा प्रत्यक्ष रुपमा महिलाहरु पिडित भएको पाइएपनि घर भित्रै महिलाबाट हिंसामा परिरहेका पुरुषहरुको समस्या पनि थपिदै गएकोमा अधिकारकर्मीहरुले समेत चिन्ता व्यक्त गरेका छन् ।वकालतबाट 

Leave a Reply