मुखमा मास्क र एक हातमा ‘तपाईंको मास्क खोई ?’ लेखिएको प्ले कार्ड बोकेका जनप्रतिनिधि र सहकारी निकायका प्रमुखको उपस्थितिमा अभियान सुरु गरिएको छ ।  जिल्ला कोभिड ब्यवस्थापन समितिको संयोजनमा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, प्रजिअ चिरञ्जीवि राना,सहितको टोलीले सदरमुकाम बेनीमा मास्क नलगाएलाई वितरण समेत गरेका छन् ।

तेस्रो चरणको कोरोना महामारी रोकथाम तथा नियन्त्रणकामा हरेक दिन प्रहरीले नै निगरानी गर्ने बताइएको छ । सवारी साधन तथा नागरिकहरूलाई मास्क लगाउन र सुरक्षित भएर यात्रा गर्न अनुरोध सहित मास्क विना यात्रा गरिरहेकालाई रोक्ने, जरिवाना तिराउने र जिल्ला ट्राफिक कार्यालयले समेत सार्वजनिक सवारीसाधनमा समेत अनुगमनको क्रममा मास्कलाई समेत हेर्ने प्रनाउ श्यामकुमार राईको भनाई छ ।

जिल्लाभित्र कोरोना भाइरसको महामारीबाट जोगिन तथा यात्रामा अनिवार्य मास्क लगाउन प्रेरित गर्ने उद्देश्यले सो अभियान शुरु गरिएको जनाइएको छ । कोरोनाबाट बच्न मास्क, पञ्जा र सेनिटाइजरको प्रयोग अनिवार्य गर्नुपर्ने प्रजिअ रानाले बताए ।

मास्क नलगाइ हिंड्नेलाई जरिवानासमेत गर्न थालेपछि मास्कको प्रयोग गर्नेहरु बढेका छन् । अभियानको क्रमा अनावश्यक घर बाहिर ननिस्कन र घर बस्न र यदि अत्यावश्यक काम परे मास्क लाएर मात्रै बाहिर निस्कन समेत अनुोध गरिएको छ ।

अभियानको पहिलो दिन जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय, बेनी नगरपालिका,जिल्ला जनस्वास्थ्य कार्यालय,उधोग बाणिज्य संघ म्याग्दीको समन्वयमा जनस्वास्थ्य प्रमुख एक नारायण लम्साल, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेल बहादुर कटुवाल लगायतको उपस्थिती रहेको थियो । अभियानमा पर्चा पंम्प्लेट,प्ले कार्ड, तथा जनचेतना मूलक सन्देश (जिङ्गल) बजाई माक्स नलगाई हिड्डुल गर्ने व्यक्तिहरु,व्यवसाय संचालक, सवारी चालक तथा यात्रुहरुलाई सम्झाई बुझाई गर्नुका साथै ५ सय थान माक्स समेत वितरण गरिएको थियो

Leave a Reply