म्याग्दीको सदरमुकाम बेनीमा क्रियाशिल एभरग्रीन युथ क्लबको दोस्रो अधिबेशन अध्यक्षमा निरज राम्जाली मगर निर्विरोध निर्वाचित हुनुभएको छ । बेनीमा सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्षमा लेलिन गर्बुजा मगर,सचिव बिजय श्रेष्ठ, कोषाध्यक्ष लेलिन सापकोटा, उपसचिव तेजिन पुन मगर चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा विश्वास घर्ती मगर,सन्दिप शेरपुञ्जा मगर, अमृत पुर्जा मगर, तिपेन पुन मगर, पुरन छन्त्याल र मनिष श्रेष्ठ रहेको क्लवका सल्लाहकार विजय घर्ती मगरले जानकारी दिनुभयो । अधिवेशनमा क्लवका सोभन श्रेष्ठ, सोहन श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । क्लव सदरमुकाम बेनीमा खेलकुद गतिविधिसँगै सरसफाई लगायतका कार्यमा सक्रिय रहेको छ । नवनिर्वाचित अध्यक्ष राम्जालीले क्लवमार्फत विगतमा भइरहेका कामहरुलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभएको छ ।

Leave a Reply