अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

मालपोत कार्यालय बागलुङको सेवा अनिश्चितकालका लागि बन्द

On: January 24, 2022 9:16 AM
Follow Us:

कर्मचारीलाई कोभिड सङ्क्रमण पुष्टि भएपछि मालपोत कार्यालय बागलुङको सेवा बन्द गरिएको छ । कार्यालयका चार कर्मचारीमा कोरोना पुष्टि भएको र अन्य कर्मचारीमा समेत कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि कार्यालयको अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको हो ।

कर्मचारीहरु आइसोलेसनमा रहेको हुँदा कार्य सम्पादनका लागि जनशक्ति अभाव भएको भन्दै मालपोत अधिकृत देवेन्द्रबहादुर थापाले आइतबार एक सूचना जारी गर्दै अनिश्चितकालका लागि कार्यालयको सेवा बन्द गरिएको जानकारी गराएका हुन् ।