पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका र मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको संयुक्त आयोजनामा पोष्ट हार्भेष्ट व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न भएको छ । धवलागिरि गाउँपालिका–७, ताकममा बाली संरक्षण र व्यवस्थापनबारे पोष्ट हार्भेष्टसम्बन्धी तालिम शनिबार सकिएको हो ।

मुख्य मौसममा उत्पादन भएका तरकारीहरुलाई पोषण तत्वहरु नष्ट नहुने गरी उपयुक्त पोष्ट हार्भेष्ट प्रविधिद्वारा अभाव हुने मौसममा उपयोगका लागि उपलब्ध गराउने तालिमको उद्देश्य राखिएको थियो । यसैगरी उत्पादित तरकारीहरुको पौष्टिक तत्वहरु नष्ट नहुने गरी खाद्य वस्तुहरुलाई प्रशोधन गरी संरक्षण गर्ने, उत्पादित खाद्यवस्तुलाई सुरक्षित तरिकाले भण्डारण गर्ने र उत्पादनलाई सुरक्षित तरिकाले बजारसम्म पु¥याउने विषयमा ज्ञान, सिप हासिल गर्ने उद्देश्यसहित तालिमको आयोजना गरिएको आयोजकले जनाएका छन् ।

तालिम अवधिभरमा पोष्ट हार्भेष्ट व्यवस्थापनको परिचय र महत्व, समुदायमा यसको व्यवस्थापनसम्बन्धी विभिन्न कार्यहरुको पुनरावलोकन, बाली भिœयाइसकेपछि आइपर्ने समस्या तथा समाधानका उपायहरु, प्याकेजिङका कार्यहरु, छनोट र ग्रेडिङ, संरक्षित खाद्यवस्तुको गुणस्तरमा प्रभाव पार्ने कारण, खाद्यवस्तुको संरक्षण एवं सरसफाई, खाद्यान्न प्रशोधन–संरक्षण र भण्डारणको कार्ययोजना निर्माण लगायतका विषयहरुमा सहजीकरण गरिएको थियो ।

तीनसम्म चलेको तालिममा ताकमको हरियाली कृषक समूहमा आबद्ध १८ जनाले सहभागिता जनाएका थिए । तालिमको सुआहारा कार्यक्रमको बागलुङ–म्याग्दी संयोजक राजेन्द्र अधिकारी, कृषि तथा बजारीकरण अधिकृतद्वय केशव भूषाल, अर्जुन सुवेदी र म्याग्दीका फिल्ड संयोजक बालकुमारी पुनले सहजीकरण गर्नुभएको थियो । कृषक समूहका अध्यक्ष पदमकुमारी आचार्यको अध्यक्षतामा सम्पन्न तालिममा सुआहाराको स्थानीय स्रोतव्यक्ति अन्जना सुवेदीले अनुभव सुनाउनुभएको थियो ।

तालिमको प्रयोगात्मक कक्षामा सोलार डायरमा काउली र गाजर तथा मासुको सुकुटी बनाउने, जाम, सस र आलु चिप्स बनाउने तरिकाको बारेमा सिकाइएको थियो । कृषक समूहले आगामी दिनमा जाम, आलु चिप्स र तरकारीको सुकुटी बनाउनका लागि व्यवसायिक रुपमा अगाडि बढ्ने भनेर कार्ययोजना समेत बनाएको छ । यस कार्यमा गाउँपालिकाले बेसार, अदुवा र मुलाको बिउबिजन, विषादी, औजार तथा उपकरणहरु सहयोग गर्ने भएको छ ।

खाद्यवस्तुको प्रशोधन र भण्डारण गर्नका लागि सुनौलो हजार दिनका आमाहरुले बाह्रैमास पोषणयुक्त तरकारी तथा फलफुलहरुको सेवन गराउनका लागि सुआहारा कार्यक्रममार्फत जोड दिएर पालिकाको संयुक्त आयोजनामा तालिम सञ्चालन गरिएको जनाइएको छ ।

Leave a Reply