अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

ताकम माविले विनाकारण शिक्षकलाई हटाएको भन्दै पेशागत संगठनको बिरोध

On: January 24, 2022 7:44 PM
Follow Us:
---Advertisement---

म्याग्दीको धवलागिरि गाउँपालिका-७, स्थित ताकम माविले बिनाकारण एक शिक्षक निकालेको भन्दै पेशागत संगठनले विरोध जनाएका छन् । विद्यालयमा कार्यालय सहायक पदमा कार्यरत धर्मराज सुबेदीलाई विब्यस र शिक्षक अभिभावकको बैठकबाट विना प्रमाण अनावश्यक आरोप लगाउँदै हटाइएको भन्दै पुनर्बहालीको माग राख्दै शिक्षक आवद्ध पेशागत संघसंगठनले विज्ञप्ती निकालेका छन् ।

धौलागिरी गाउँपालिकामा क्रियाशिल प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष जगबहादुर किसान, नेपाल शिक्षक संघका सभापति धनबहादुर पुर्जा, एकिृकत नेपाल शिक्षक संगठनका अध्यक्ष नेत्रलाल शर्मा, नेपाल राष्ट्रिय शिक्षक संगठनकाका अध्यक्ष प्रगती कार्कीले संयुक्त रुपमा विज्ञप्ती निकाल्दै शिक्षक सुबेदीलाई पुनर्बहालीको माग गदैं गाउँपालिकालाई समेत हस्तक्षेप गर्न अपिल गरिएको छ।

सुबेदीले विगत ६ वर्षदेखि विद्यालयमा अध्यापन गराउँदै आइरहेका छन् । यसैबीच शिक्षक महासंघले भने अहिलेसम्म आफ्नो प्रतिक्रिया दिएको छैन् भने राजनीतिक दलका विद्यार्थी संगठनले समेत सामाजिक सञ्जालमार्फत शिक्षकको सम्मान गर्न माग गदैं चेतावनी दिएका छन् ।