सोमबार म्याग्दीमा थप ४९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । कोरोनाको लक्षण देखिएका कुल परीक्षणको ५० प्रतिशतमा भन्दा बढीमा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाउँछ । पछिल्लो एक सातामा एन्टिजन विधिबाट र पीसीआर विधिबाट गरिएको परीक्षणको नतिजाले संक्रमतिको संख्या दोब्बर भन्दा बढी छ । जिल्लाभित्र नै संक्रिय संक्रमतिको संख्या २७१ पुगेको छ । कोरोना संक्रमतिको संख्या उकालो लागेपनि जिल्ला प्रवेश गर्ने नाकामा कुनै चेकजाँच छैन् ।

जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी)ले कोरोना रोकथामका लागि आदेश नै जारी गरेपनि कोरोनाको हटस्पट मानिएका जिल्लाबाट भित्रिने सार्वजनिक तथा निजी सवारीसाधनलाई मुख्य र सहायक नाकाबाट खुलेआम आवतजावत गर्न दिइएको छ। सोमबार सदरमुकाम बेनीस्थित कालिपुलको पक्की पुल तथा बसपार्क आसपासका क्षेत्रमा बाहिरी जिल्लाबाट आउनेलाई सेवा प्रवाह गर्दा कोरोनाको खोप कार्ड र विवरण समेत मागेको देखिएन् ।

डिसिएमसीले नाकामा कडाई गर्ने कुनै तयारी नगर्दा बाहिरी जिल्लाबाट आउने खुलेआम र जिल्लाभित्रका सेवा लिदाँ अनावश्यक सास्ती खेप्नुपरेको छ । पहिलो र दोस्रो लहरमा कालिपुलमा स्वयमसेवक सहित विभिन्न जिल्लाबाट भित्रिनलाई चेकजाँच गर्ने हेल्थ डेस्क राखिएपनि तेस्रो चरणमा भने कुनै वास्ता गरिएको छैन् । मूल नाका कालिपुलमा जिल्ला बाहिरबाट भित्रिनेलाई निर्बाध रुपमा आवतजावत गर्न दिइएको भन्दै कोरोना संक्रमण फैलिने जोखिम उच्च स्थानीयको भनाई छ।

नाकामबाट मास्क विना आवतजावत गर्दा समेत सुरक्षाकर्मीले कुनै रोकतोक गरेको देखिदैन्। म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले सीमा नाकामा सचेतनामुलक कार्य भइरहेको बताए । उनल जिल्ला प्रवेश गर्ने नाकाहरूमा सुरक्षात्मक उपाय अपनाउनका लागि अनुगमन सहित निर्देशन समेत दिइएको बताए । ‘बजारभित्र दुई स्थानमा मास्क बैंक छ,‘थप योजना सहित अगाडी बढ्नेछौ’ प्रजिअ रानाले भने ।

निर्बाध भइरहेको ओहोरदोहोरले संक्रमणको उच्च जोखिमलाई व्यवस्थित गर्न नियमित अनुगमनलाई गरी स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिलाउन सधै सक्रिय रहेको प्रजिअ रानाको भनाई छ ।नाकामा कडाईभन्दा जिल्ला भित्र सेवा प्रवाहमा कोरोना लगाएको खोप कार्ड अनिवार्य गरिएका डिसिएमसीले जनाएको छ। जिल्लाका स्थानीय तहलाई आफ्नो पायक पर्ने स्थानमा हेल्थ डेस्क राख्न आग्रह गरिएकोमा हालसम्म राखिएको छैन् ।

स्थानीय तहले खोप अभियानलाई नै प्राथमिकता दिएको बताउँदै होल्डिङ सेन्टरमा अनावश्यक खर्च नगर्ने जनाएको छ । जिल्लाको ग्रामिण क्षेत्रमा समेत डिसिएमसीको निर्णय विपरित मेला समेत सञ्चालन भइरहेको छ ।

सहरबजार देखि ग्रामिण क्षेत्रसम्म जनस्वास्थ्यको मापदण्ड विपरितका गतिविधिले कोरोनाको जोखिम बढेको छ । स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले दैनिक संक्रमतिको संख्या ह्वात्तै बढेकाले नागरिक आफै सचेत हुनुपर्ने अवस्था आएको बताए । उनले कोरोना रोकथाममा सरकारी निकायको मात्रै आस गनुर््भन्दा सबै क्षेत्रबाट रचनात्मक सहयोग सहितको गतिविधि आवश्यक रहेको बताए ।

Leave a Reply