म्याग्दीका एक पुरुषको शुक्रबार कालिगण्डकी नदीमा शब फेला परेको छ । बेनी नगरपालिका वडा नं ९ का अन्जाजी ५२ बर्षिय विष्णु शर्मा पौडेलको शब नदीमा बगिरहेको अवस्थामा पर्वतको जलजला गाउँपालिका वडा नं ४ लामाखेतको बगरमा फेला परेको पर्वतका प्रहरी निरिक्षक प्रदिप पौडेलले बताए ।

‘सर्वसाधारणले नदीमा शब बगिरहेको देखेपछि प्रहरीलाई खवर गरेका थिए,‘घटनाबारे अनुसन्धान भइरहेको छ’पौडेलले भने। उनका अनुसार मृतकका आफन्तले शब पहिचान गरेपछि बेनी अस्पतालको शबगृहमा राखिएको छ ।

मृतकले आत्महत्या गरेको वा कुनै कारणले दुर्घटना भएको भन्ने बारेमा पोष्टमार्टम रिर्पोटपछि मात्रै जानकारी हुने प्रहरीले जनाएको छ ।नदीमा शब बगिरहेको जानकारी लगत्तै म्याग्दी र पर्वत प्रहरीले समन्वय गरेर शब निकाल्ने प्रयास गरेका थिए। शब पर्वतखण्डमा पुगेपछि मुचुल्का सहितको अनुसन्धान पर्वत प्रहरीले गरेको थियो ।

Leave a Reply